PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसिया कप छनोटका लागि तयारी गर्न नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

एसिया कप छनोटका लागि तयारी गर्न नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : मलेसियामा यही अगष्ट २९ देखि हुने एसिया कप छनोट क्रिकेटको लागि तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गर्दैछ। नेपाली टोली मालिन्डो एअरलाइन्सबाट जाँदैछ।

श्रीलंका जाने कप्तान पारस खड्कासहितको टोलीलाई सोमवाल सभामुख कृष्ण बहादुर महराले बालुवाटारस्थित आफ्नै निवासमा बिदाई गरे।
१४ खेलाडी, म्यानेजर, कोच, फिजियो, ट्रेनर, ब्याटिङ कन्सलट्यान्ट र भिडियो एनालिस्टसहित २० सदस्यसीय टोली श्रीलंका गएका हुन्। 
हाल सीपीएल खेलिरहेका सन्दीप लामिछाने भने उतैबाट मलेसिया प्रस्थान गर्नेछन्।

श्रीलंकामा एक साताको अवधीका नेपालले स्थानिय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली उतैबाट अगष्ट २७ मा मलेसिया जानेछ। म्यानेजर रमन शिवाकोटीका अनुसार सन्दीप अगष्ट २८ मा मलेसियामा टिमसँग जोइन हुनेछन्।

एसियाका ६ एसोसिएट राष्ट्र सहभागि छनोटबाट विजेता टिम सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ।

सभामुख महराले नेपाली क्रिकेटले पछिल्लो समय प्रगती गरिरहेको र ओडिआई म्याच समेत खेलेको भन्दै खेलाडी बधाई र छनोटमा राम्रो गर्न शुभकामना दिए।

कप्तान पारस खड्काले एसिया कपमा छनोट हुने यो गोल्डेन अपरचुनिटी भएको बताउँदै सबै टोली उस्तै रहेकाले चुनौती र अवसर दुवै रहेको बताए। ‘एसिया कपमा भारत र पाकिस्तानजस्ता टिमसँग खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो, त्यो अवसरलाई गुम्न नदिने गरी छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेछौं।’ कप्तान पारसले भने।

यस्तै प्रशिक्षक जगत टमाटाले श्रीलंकाको राम्रै क्लबसँग अभ्यास खेल खेल्ने र त्यसले पनि सहयोग पुग्ने बताए।

नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ।

श्रीलंकामा नेपालको अभ्यास खेल तालिका:

  • अगष्ट २२ : नेपाल vs आर्मी क्रिकेट टिम (पानगोडा मैदान)
  • अगष्ट २४ : नेपाल vs ब्लुमफिल्ड (ब्लुमफिल्ड मैदान)
  • अगष्ट २६ : नेपाल vs कोल्ट (कोल्ट मैदान)


एसिया कपमा नेपालको खेल तालिका:

  • अगस्ट २९ : नेपाल Vs ओमान      (बायुमास ओभल मैदान)
  • अगस्ट ३० : नेपाल Vs युएई         (किनरारा ओभल मैदान)
  • सेप्टेम्बर १ : नेपाल Vs मलेसिया   (बायुमास ओभल मैदान)
  • सेप्टेम्बर २ : नेपाल Vs सिंगापुर     (युकेएम ओभल मैदान)
  • सेप्टेम्बर ४ : नेपाल Vs हङकङ      (युकेएम ओभल मैदान)
  •  
  • सेप्टेम्बर ६ : फाइनल ( किनरारा ओभल मैदान )


नेपाली टोली :

  • पारस खड्का (कप्तान)
  • ज्ञानेन्द्र मल्ल (उपकप्तान)
  • अनिल कुमार शाह
  • बसन्त रेग्मी
  • बिनोद भण्डारी
  • दीपेन्द्र सिंह ऐरी
  • करण केसी
  • ललित सिंह भण्डारी
  • ललित नारायण राजवंशी
  • मोहम्मद आरिफ शेख
  • रोहित कुमार पौडेल
  • सागर पुन
  • सन्दीप लामिछाने
  • सोमपाल कामी
  • सुबास खकुरेल
     

कोच/अफिसियल

  • रमन शिवाकोटी : म्यानेजर
  • जगत टमाटा : हेड कोच
  • अपुर्व सुबोध देसाई : ब्याटिङ कन्सलट्यान्ट
  • दिनेश भट्ट : फिजियो
  • सुबास पात्रो : ट्रेनर
  • सुरज शाक्य : भिडियो एनालिस्ट
     


ट्रेन्डिङ पोस्ट

Ncell