PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला, प्रहरी भन्छ 'घटना शंकास्पद छ'



सविन ढकाल

पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला, प्रहरी भन्छ 'घटना शंकास्पद छ'
फोटो साभारः दिपक गाउँले/कारोबार दैनिक

काठमाडौँः पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। झा'माथि छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अाशंका प्रहरीले गरेको छ। प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएकाे अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले बताए।

लामाले भने 'कोठा भित्रबाट लक गरिएको छ। एउटा झ्याल काटिएको छ। घटनाको अनुसन्धान गरिरहेका छौँ। शंका गर्ने प्रशस्त ठाउँहरु छन्।' भान्छामा प्रयोग भएको चक्कु प्रहरा भएको अनुसन्धानमा खुलेको छ। प्रहरीले अनुसन्धानको लागि एक युवकलाई नियन्त्रणमा लिएको छ।

झाको टाउको र निधारमा चोट लागेको प्रहरीले जनाएको छ। उनी बस्दै आएको निवासको एउटा झ्याल काटिएको पनि प्रहरीले जनाएको छ। श्रीमतीले बिहान चिया खान नआएपछि कोठामा हेर्दा झालाई मृत अवस्थामा फेला पारेकी थिइन्। 

८० वर्षीय झा श्रीमतीसहित बस्दै आएका थिए। उनीहरुसँग एक कामदार पनि रहने गरेका थिए। शनिबारमात्र झाका छोरा बुहारी अमेरिका फर्किएका थिए।

उनी फ्रान्सका लागि पूर्वराजदूत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell