PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो



पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। 

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ भाउ बढाइएको छ। त्यसैगरी हवाई इन्धनतर्फ आन्तरिकमा प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ ४.५० रुपैयाँ वृद्धि गरिएको छ। 

नयाँ भाउ अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ। 

खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। 

पछिल्लो पटक निगमले असार ३ गते मूल्य समायोजन गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell