PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वमा आज : भूकम्पका झट्कादेखि साउदी हजयात्रासम्म



विश्वमा आज : भूकम्पका झट्कादेखि साउदी हजयात्रासम्म

इन्डोनेसिया र फिजीमा भूकम्प


इन्डोनेसियाको लोमबोक टापुमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ।  भूकम्पका झट्का पर्यटकका लागि चर्चित रहेको बाली र माताराम क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ।  यस्तै, मध्य प्रशान्त सागर क्षेत्रमा ८ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु फिजीबाट २०० माइलको दूरीमा रहेको बताइएको छ। 

किमबाट प्रतिबन्धको आलोचना


उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको विषयमा असन्तुष्टी व्यक्त गरेका छन्। किमले अमेरिकाका तर्फबाट दबाब सिर्जना गर्न विगतमा उत्तर कोरिया विरुद्ध लगाइएका आर्थिक तथा अन्य प्रतिबन्धहरु खुला गर्नुको साटो अझ कडा पारेको भन्दै आलोचना गर्दै आएका छन्। 

हजयात्रा सुरु



विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन्। विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो। 

चीनमा आँधी


चीनको हेनान प्रान्तमा रुम्बीया नाम दिइएको आँधीका कारण दुई लाख ६० हजार प्रभावित भएका छन्। यस बर्षको यो अठारौँ शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीहरुले बताएका छन्। 


एर्दोगानको तर्क


अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन्। अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले अमेरिका र टर्कीबिचको सम्बन्ध तिक्ततापूर्ण भएको छ। 


एसियाडमा उसु


इन्डोनेसियाको राजधानी जकार्तामा १८ औं एसियाडका क्रममा पुरुष उसु खेलमा ताइवानका टेसिमिन टाइ आफ्नो प्रस्तुती दिँदै। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell