PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चिकित्सा शिक्षा विधेयक अर्को सातासम्म टुंगो लगाउने तयारी



चिकित्सा शिक्षा विधेयक अर्को सातासम्म टुंगो लगाउने तयारी

काठमाडौं:  प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले अर्को सातासम्म चिकित्सा शिक्षा विधेयकको टुंगो लगाउने तयारी गरेको छ।

अब लगातार समितिको बैठकमा छलफल गरी टुंग्याउने तयारी गरिएको समितिको सचिवालयले जनाएको छ।

आज बसेको समितिको बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरुसँग छलफल गरिएको छ।

संशोधनकर्ताहरु विन्दा पाण्डे, सोम प्रसाद पाण्डे, राजेन्द्र कुमार  केसी, खगराज अधिकारी लगायतले संशोधन प्रस्तावका विषयमा धारणा राखेपछि स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले जवाव दिएका थिए।

निःशुल्क चिकित्सा शिक्षादेखि काठमाडौंमा दश वर्षसम्म मेडिकल कलेज खोल्न नहुने धारणा संशोधन कर्ताहरुले राखेका थिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले अहिले नै अन्तिम नभएकोले थप छलफल गर्ने बताएका थिए। मन्त्री पोखरेलले दफाबार छलफलका क्रममा पनि केही विषयमा छलफल हुने बताउँदै अहिले नै विभाजित नहुन सांसदहरुलाई आग्रह गरेका थिए।

मन्त्री पोखरेलले भुगोल र जनसंख्याको आधारमा शिक्षण संस्था खोल्नका लागि अनुमति प्रदान गरिने बताउँदै शिक्षण संस्थाको गुणात्मकको विषयमा सरकारले कुनै पनि प्रकारको सम्झौता नगर्ने दाबी गरे। 

समिति सचिवालयका अनुसार विधेयकसँग सरोकार राख्ने व्यक्तिहरुसँग अर्को सातादेखि छलफल सुरु हुनेछ। डा.गोविन्द केसीलाई पहिलो प्राथमिकतामा राखी उहाँसँग छलफल गरिने तयारी भइरहेको सचिवालयले जनाए। नेपाल मेडिकल काउन्सिल, माथेमा आयोजका प्रतिनिधिहरुसँग छलफल गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell