PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रकाण्ड पक्राउविरुद्ध सर्वोच्चमा पुनः बन्दी प्रत्यक्षीकरणको रिट



प्रकाण्ड पक्राउविरुद्ध सर्वोच्चमा पुनः बन्दी प्रत्यक्षीकरणको रिट
फाइल फोटो

काठमाडौं : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणका रिट दर्ता भएको छ। 

उनका छोरा वीरेन्द्र विकले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्। प्रहरीले साउन २३ प्रकाण्डलाई पक्राउ गरेको थियो। चन्दा आतंक फैलाएको अभियोगमा उनलाई प्रहरीले जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिएको थियो। 

उनको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भए पछि शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। तर उनलाई अदालत बाहिरबाट पुनः प्रहरीले नियन्त्रणमा लिएको थियो। 

उनलाई लिन सर्वोच्च अदालतमा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदिप पाठक पुगेका थिए। प्रहरीले उनलाई पाठकको गाडीबाट नियन्त्रणमा लिई काभ्रेमा लगेको छ। त्यहाँ उनी विरुद्ध एनसेल टावरमा क्षति पुर्‍याएको अभियोगमा छानबिन भइरहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell