PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

६२ वर्षीया 'मम्मी' डन, सातै छोरा अपराधी : रक्सी बेच्दाबेच्दै बनिन् 'कन्ट्रयाक्ट किलर'



६२ वर्षीया 'मम्मी' डन, सातै छोरा अपराधी : रक्सी बेच्दाबेच्दै बनिन् 'कन्ट्रयाक्ट किलर'
फोटो: bhaskar.com

दिल्ली प्रहरीले ११३ अपाधिक मुद्दामा आरोपी रहेकी एक महिलालार्इ पक्राउ गरेको छ। अपराधको दुनियामा 'मम्मी'का रुपमा परिचित ६२ वर्षिया बसरीनलार्इ दिल्लीको संगम विहार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

दिल्लीलार्इ आधार क्षेत्र बनाउँदै अपराधिक गतिविधि गर्दै आएकी बसरीनका आठ जना छोरा रहेको र एक जना नाबालक छोराबाहेक बाँकी ७ जना नै उनीसँगै हत्या, चोरी लगायतका अपराधमा सामेल भएको जनाइएको छ। 

राजस्थानबाट ४५ वर्षअघि दक्षिण दिल्लीमा आएकी बसरीनले त्यहाँको स्लम एरिमामा गैर कानुनी रुपमा मादक पदार्थ बिक्री गर्न सुरु गरेकी थिइन। त्यसपछि उनी ठूला अपराधहरुमा संलग्न हुन थालिन्। संगम विहारमा रहेको सरकारी ट्यूबवैलमाथि कब्जा गरेर पानी बेच्ने कार्यमा समेत उनको संलग्नता रहेको थियो। अपराधिक रेकर्ड रहेका छोरहरुका कारण उनको विरुद्ध मानिसहरु आवाज उठाउन डराउँथे। 

उनको छोरा शमीम माथि सबैभन्दा बढी ४२ मुद्दा रहेको छ भने परिवारका सबै सदस्य माथि ११३ मुद्दाहरु रहेका छन्। 

राजस्थानका मलखानसँग विवाह गरी दिल्ली आएर जीवकोपार्जनका लागि मादक पदार्थ बिक्रि गर्न सुरु गरेकी बसीनले परिवारमा सदस्यको संख्या बढ्दै गएपछि खर्च धान्न अपराधिक क्रियाकलापमा सामेल हुँदै गएकी थिइन्। बसरीन आफैले छोराहरुलार्इ अपराध गर्न प्रेरित गरेकी थिइन। 
 
कन्ट्रयाक्ट किलिङको मुद्दामा आठ महिनादेखि प्रहरीले उनको खोजी गरिरहेको थियो। प्रहरीबाट बच्न उनी दिल्लीबाट भाग्दै अहमदाबाद, इलहाबाद जस्ता शहर पुगेकी थिइन्। अदालतको आदेशमा सील भएको आफ्नो घरलार्इ बचाउन कानुनी प्रकियाको तयारी गर्न संगम विहार आएको बेला प्रहरीले बसरीनलार्इ पक्राउ गरेको हो। 

गतवर्ष संगम विहारमा स्थित 'के' ब्ल्कमा रहेको जंगलमा जमिनमा पुरिएको एक शव भेटिएको थियो। पोस्टमार्टम रिपोर्टमा घाँटी दबाएर त्यो व्यक्तिको हत्या गरिएको र पहिचान लुकाउन शव जलाइएको तथ्य खुलेको थियो। मिराज नाम गरेको युवकको हत्या अभियोगमा प्रहरीले एक नाबालकलार्इ पक्राउ गर्‍यो। उसले अक्की, विक्की र जग्गी भनेर चिनिने आकाश, विकास र नीरजसँग मिलेर हत्या गरेको स्वीकार गर्‍यो। चारजनासँगै प्रहरीले मुन्नी नाम गरेकी एक महिलालार्इ पनि हत्या अभियोगमा पक्राउ गरेको थियो। 

मृतक मिराज मुन्नीको सौतेलो भाइ रहेको र आफ्नो छोरीमाथि गलत नियत राखेको थाहा पाए पछि उनले बसरीनलार्इ मिराजको हत्या गर्नका लागि ६० हजार भारतीय रुपैया सुपारी दिएको थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell