PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओस्करको ओपन हाउस इभेन्ट



पहिलोपोस्ट

ओस्करको ओपन हाउस इभेन्ट

काठमाडौँ: ओस्कर कलेज अफ फिल्म स्टडिजले ओपन हाउस इभेन्ट सम्पन्न गरेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि 'भिएफएक्स'का बारेमा समेत जानकारी गरायो। इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारण सहभागी थिए।

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए। ‘क्यामेरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी राखेका छौं। एउटा फिल्म बनाउन के के चाहिन्छ भन्ने कुरा देखाएका छौँ,’ पन्तले भने।

इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गरे। नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेड हुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राखिएको थियो। साथै, इभेन्टमा लाइभ एक्टिङ पनि थियो।  

इभेन्टमा कलेजका विद्यार्थीका अभिभावकको पनि उपस्थित थिए। कलेजमा ओेपन हाउस इभेन्ट गर्ने कन्सेप्ट कलेजकी प्रशासन प्रमुख आश्मा पोखरेलको हो । अघिल्लो साल फिल्म वर्कसपका लागि इजरायल पुगेकी आश्माले त्यहाँको एउटा कलेजमा यस्तै कार्यक्रम भएको देखेपछि आफ्नो कलेजमा पनि ओपन हाउस गर्ने सोचेकी थिइन्।

कर्यक्रममा विद्यार्थीले विभिन्न समयमा बनाएका फिल्मको पनि स्क्रिनिङ गरिएको थियो। विभिन्न फेस्टिभलमा सहभागी फिल्म ‘काफल पाक्यो’, ‘बुट्टे जामा’ ‘क्यार क्यार पंखा’, ‘कल्ली’ पनि इभेन्टमा देखाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell