PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधनः कांग्रेसको प्रतिक्रिया, हावादारी!



पहिलोपोस्ट

प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधनः कांग्रेसको प्रतिक्रिया, हावादारी!

जनकपुरधाम: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभामा गरेको सम्बोधन हावादारी भएको प्रतिक्रिया नेपाली कांग्रेसले दिएको छ।

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले प्रधानमन्त्री ओलीले प्रदेशसभामा हावादारी कुरा गरेको टिप्पणी गरेका छन्।

मधेशी जनताले जे चाहेका थिए त्यो कुराको सम्बोधन प्रधानमन्त्रीले गर्न सकेनन्’ पहिलोपोस्टसँग यादवले भने,‘संविधान संशोधनका कुरा अथवा मुद्दा फिर्ताका विषय प्रधानमन्त्रीले उठाउनु भएन। उहाँले सम्बोधनमा हावादारी कुरा मात्र गर्नुभयो।’

जनकपुरमा ब्रोडगेज रेल्वेको कुरामा प्रधानमन्त्री ओलीको मन्तव्य तथ्यपरक नभएको उनको भनाई छ। पानी जहाजका विषयमा प्रधानमन्त्रीले दिएको मन्तव्य समेत आधारहीन भएको यादवको दाबी छ।

यादवले प्रधानमन्त्री ओलीले मधेशमा घर-घरमा ग्यासको पाइपलाइन पुर्‍याउने विषय बिर्सेको बताए।

उनले राजर्षि जनक विश्वविद्यालय स्थापना भएर सञ्चालनको क्रममा रहे पनि प्रधानमन्त्रीले गलत व्याख्या गरेको बताए। प्रधानमन्त्री जस्तो पदमा बस्ने व्यक्तिलाई राजर्षि जनक विश्वविद्यालयको स्थापनाबारे जानकारी नहुनु आपत्तिजनक कुरा हो। विश्वविद्यालय स्थापना भएर काम अगाडि बढेको छ। तर प्रधानमन्त्रीलाई थाहा छैन।’

ओलीको सम्बोधन औपचारिकता पूरा गर्नेमात्र रहेको उनको टिप्पणी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell