PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

स्वयम्भूका सम्पदा जीर्णोद्धार सम्पन्न : राष्ट्रपतिबाट अवलोकन



स्वयम्भूका सम्पदा जीर्णोद्धार सम्पन्न : राष्ट्रपतिबाट अवलोकन

काठमाडौं : काठमाडौंको स्वयम्भूमा रहेको अनन्तपुर प्रतापपुर, शान्तिपुर, वायुपुर, वासुपुर एवम् अन्य १७ वटा सम्पदाको राष्ट्रपति द्वारा आज निरक्षण गरेकी छन्। विश्व सम्पदामा  सुचिकृति यी सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपति भण्डारीले पूजासमेत गरिन्। 

प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न सम्पदाको छोटो औपचारिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रपतिको सम्पदा निर्माण प्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताए।

'हामीले, केही समय पछि पाटन कृष्ण मन्दिरको जीर्णोद्वार सम्पन्न गर्दै छौ भने पशुपतिक्षेत्रका सम्पदा निर्माण सम्पन्न भएको छ,' मन्त्री अधिकारीले भने, 'भूकम्पको  थिलोथिलो बाट उठेर हामी हिडेका छौ। अवको २ बर्षमा हामी दौडने छौ। हिजोका जस्तै बनाउने छौ।'

अनन्तपुर प्रतापपुर करिव ३ करोड ११ लाख लागतमामा सम्पन्न भएका हुन भने अरु सम्पदामा नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनर्निर्माण भएका हुन्। पुर्णरुपमा ध्वस्त भएका र केहि आंशिक क्षति भएका गरी १७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पुरातात्विक विभागका महानिर्देशक भेषनारायण दाहालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell