PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वाजपेयी मोदी सम्बन्ध : मसानघाटमा बजेको मोबाइलको घण्टी, जसले बदल्यो भारतको राजनीति



पहिलोपोस्ट

वाजपेयी मोदी सम्बन्ध : मसानघाटमा बजेको मोबाइलको घण्टी, जसले बदल्यो भारतको राजनीति

  • विजय त्रिवेदी-

२७ मार्च २०१५ को साँझ सूर्य अदभुद लालिमाका साथ डुब्ने तयारी गर्दै थियो। दिल्लीको कृष्ण मेनन मार्गमा गाडीका ताँतीले रोकिने नाम समेत लिएको थिएन। आमरुपमा धेरै शान्त रहने यो इलाकामा सुरक्षा एजेन्सी र ट्राफिक पुलिसलाई यातायात व्यवस्था मिलाउन हम्मे परिरहेको थियो।

यहाँदेखि राष्ट्रपति भवन दुई किलोमिटरको दुरीमा होला तर प्रोटोकल तोड्दै राष्ट्रपति प्रणव मुखर्जी यहाँ पुग्दै थिए- पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीलाई देशको सर्वोच्च सम्मान ‘भारत रत्न’ले सम्मान गर्न। साइरनको आवाजले सडकका दुवै किनारामा पुराना ठूला रुखमा रहेका चराहरु अचानक उड्न लागे। प्रधानमन्त्री नरेन्द्र मोदीको कारगेट पुग्यो। त्यसपछि उपराष्ट्रपति हामिद अन्सारी पनि त्यहाँ पुगे।

६–ए कृष्णा मेनन मार्ग, तीन पटक देशको प्रधानमन्त्री बनेका अटल विहारी वाजपेयीको घर। सन् १९९९ मा वाजपेयी तेस्रो पटक प्रधानमन्त्री बने। उनी देशको नौ यस्ता नेता थिए जो गैर कांग्रेसी भइकन पनि यो पदसम्म पुगेका थिए र पहिलो यस्ता गैर कांग्रेसी प्रधानमन्त्री बने जसले पूरै पाँच वर्ष देशमा सरकार चलाए।

यसअगाडि कुनै पनि गैर कांग्रेसी प्रधानमन्त्रीलाई यस मौका प्राप्त भएको थिएन। र, उनको सरकार अत्यन्त कम समय चल्न सक्यो।

केन्द्रमा नरेन्द्र मोदी नेतृत्वको एनडीए सरकारले २४ डिसेम्बर २०१४ मा जब पण्डित मदन मोहन मालवियसँगै साथमा वाजपेयीलाई भारत रन्न पदकबाट सम्मान गर्ने घोषणा गर्यो, त्यतिबेला उनलाई यो पदक दिने कुराको विरोधको आवाज कतै निस्किएन। हरेकले भनेका थिए- उनी यो पदका लागि सबैभन्दा योग्य व्यक्ति हुन्।

१६ अगस्ट २०१८ को साँझ पनि अचानक कृष्णा मेनन मार्गमा यस्तै गतिविधि बढे। हालका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकैया नायडु र प्रधानमन्त्री मोदी, पूर्व राष्ट्रपति प्रणव मुखर्जीसहितका दिग्गज नेताहरु पुग्न थाले।

ठेगाना उही ६–ए कृष्णा मेनन मार्ग। तर, यसपटक वाजपेयी भने थिएनन्। ६० वर्षसम्म भारतको राजनीतिमा जनजनको दिललाई जित्न सफल वाजपेयीले साँझ पाँच बजे र पाँच मिनेट जाँदा अन्तिम सास लिए। त्यतिबेला प्रधानमन्त्री मोदीले श्रद्धाञ्जली व्यक्त गर्दै भने, ‘मेरा लागि अटलजी जानु पिता तुल्य संरक्षकको छाँया उठ्नु जस्तै हो। उनले मलाई संगठन र शासन दुवैको महत्त्व सम्झाए। मेरा लागि उनको मृत्यु एउटा यस्तो कमी हो जुन अब कहिल्यै पाउने छैन।’

करिब ९ साता पहिले ११ जुनमा जब वाजपेयी एम्स अस्पतालमा भर्ना गरिए त्यतिबेला देखि प्रधानमन्त्री मोदी उनलाई भेट्न चार पटक अस्पताल पुगे। उनको स्वास्थ्य स्थिति बिग्रिएको खबर आउनासाथ उनी २४ घण्टामा दुई पटक वाजपेयीलाई भेट्न पुगे। यसभन्दा अगाडि मोदीले हरेक दिन चिकित्सकलाई फोन गरी उनको अवस्थाका बारेमा जानकारी लिन्थे।

मोदीले भनेका छन् कि वाजपेयी र उनीबीच विजेपीका नेताहरुको पूरा एक पिढींको अन्तर छ। तर दुवैको सम्बन्धले यस्तो दुरीको कहिल्यै महसुस हुन दिएन।

विजेपीमा मोदीलाई लालकृष्ण आडवाणीले तयार गरे। आडवाणीको रथयात्राको बेला मोदीले गुजरातको संयोजन गरेका थिए। मोदीलाई गुजरातको मुख्यमन्त्री बनाउन पनि आडवाणीको हात छ।

तर, एउटा कुरा कमैलाई थाहा छ कि वाजपेयीले मोदीलाई गुजरातको मुख्यमन्त्री मात्र बनाएनन्, वाजपेयी नै ती नेता हुन् जसले मोदीलाई २००२ मा अमेरिकाबाट फिर्ता हुन आदेश दिएका थिए।

 

मोदीको राजनीतिक अज्ञातवास

२८ सेप्टेम्बर २०१४ न्यूयोर्कको मैडिसाल स्क्वायर गार्डेन भारतीय गुजरातीहरुको भिडले खचाचख भरिएको थियो। न्यूयोर्कबाट मात्र होइन अमेरिकाका विभिन्न शहरबाट प्रधानमन्त्री मोदीलाई भेट्न प्रवासी भारतीयहरु त्यहाँ पुगेका थिए। मैडिसाल स्क्वायरमा ‘मोदी मोदी’को नारा लाग्यो। भिडियो स्क्रिनमा देखाइएको चलचित्रले भारतको अघि बढ्दै गरेको यात्राको चर्चा गरिएको थियो। जहाँ अटल विहारी वाजपेयी र उनको सरकारको तारिफ गरिएको थियो। कैयौँ पटक मोदीले आफ्नो भाषणको दौरान वाजपेयीका नामसमेत लिएका थिए।

त्यस कार्यक्रम सकिएपछि मेरो भेट एक जना गुजरातीसँग भेट भयो जो विजेपीका समर्थक र मोदीका नजिकका मित्र थिए।

उनका अनुसार २००२ मा जब वाजपेयी प्रधानमन्त्रीको रुपमा अमेरिका आएका थिए, त्यतिबेला पनि यस्तै कार्यक्रम आयोजना भएको थियो। त्यतिबेला नरेन्द्र मोदी राजनीतिक अज्ञातवासमा अमेरिका थिए। तर, पनि वाजपेयीको सो कार्यक्रममा सामेल थिएनन्।

गुजरातको राजनीतिमा केशुभाई पटेलको विरुद्ध राजनीति गरेको आरोप मात्र उनीमाथि थिएन कि उनलाई पार्टीले गुजरात बाहिर नजान आदेशसमेत दिएको थियो। मोदीका ती मित्रले जब वाजपेयीलाई मोदी अमेरिकामा रहेको कुरा बताए। तब उनले मोदीसँग भेट गर्ने चाहना व्यक्त गरे।

त्यसको अघिल्लो दिन वाजपेयी र मोदीबीच भेट भयो। त्यतिबेला बाजपेयीले मोदीलाई भने, ‘यसरी भागेर काम बन्दैन। कतिसम्म यहाँ बस्छौँ? दिल्ली आउ।’

वाजपेयीसँगको त्यो भेटपछि मोदी दिल्ली पुगे। उनको राजनीतिक वनवास सकियो। मोदी राजनीतिको एउटा नयाँ पारी खेल्न तयार भए।

 

एक नयाँ जिम्मेवारी

अक्टुवर २००१ को बिहान मौसम गर्मी थियो तर माहोल सन्नाटापूर्ण थियो। सबैको मुहार निरास थियो। दिल्लीको एउटा मसानघाटमा एउटा चिता जलिरहेको थियो। एउटा निजी टेलिभिजनका क्यामेराम्यान गोपाल बिष्टको अन्तिम संस्कारमा केही पत्रकारहरु एक दुई राजनेताहरु समेत सहभागी थिए। एउटा नेताको मोबाइल फोनमा घण्टी बज्यो। प्रधानमन्त्री निवासबाट फोन आएको थियो। फोन गर्नेले सोध्यो ‘कहाँ छौँ?’

फोन उठाउनेले भन्यो, ‘मसानघाटमा’

फोन गर्नेले भने, ‘आएर भेट।’

यही छोटो वार्तालापसँगै फोन काटियो। यही मसानघाटमा आएको त्यो फोनले भारतको राजनीतिको नक्सा बदलियो।

ती राजनेता थिए नरेन्द्र मोदी। त्यतिबेला उनी दिल्लीको अशोका रोडमा विजेपीको पुरानो कार्यालयको पछाडिको एउटा सानो कोठमा बस्थे जसमा फर्निचरको नाममा एउटा खाट र दुई कुर्सीमात्र थिए। त्यसबेला प्रमोद महाजन, सुस्मा स्वराज र अरुण जेट्ली जस्ता नेताहरुको दबदबा थियो।

आधीवाउले कुर्ता र पाइजामा लगाएका मोदी केही पर बसेर गोपाल बिष्टको जलिरहेको चिता देखिरहेका थिए। त्यति नै बेला प्रधानमन्त्री वाजपेयीको फोन आएको थियो।

जब त्यस रात उनी वाजपेयीको घर पुगे उनलाई एउटा नयाँ जिम्मेवारी दिइयो गुजरात जाने। पार्टीका दिग्गज नेता तथा गुजरातका मुख्यमन्त्री केशुभाई पटेललाई हटाएर मुख्मन्त्री बन्ने जिम्मेवारी।

 

वाजपेयीको आशिर्वाद

तर, जब २००२ मा गुजरातमा दंगा भयो, वाजपेयी अहमदावाद पुगे। उनले भनेका थिए, ‘मैले मुख्यमन्त्री मोदीलाई राजधर्म निभाउन भनेको छु।’ नजिकै बसेका मोदीले कानमा फुसफुसाए, ‘साहेव म त्यही त गरिरहेको छु।’

यसपटक उनले आफूलाई विस्वास भएको त बताए तर वाजपेयीको मनमा भने द्वीविधा थियो।

यसपटक गोवामा भएको कार्यकारी बैठकमा सहभागी हुन दिल्लीदेखि एउटै विशेष विमानमा प्रधानमन्त्री वाजपेयी, लालकृष्ण आडवाणी, जसवन्त सिंह र अरुण शौरी जाँदै थिए। वाजपेयीलाई लागेको थियो कमसेकम मोदीले कार्यकारीणी पदबाट राजिनामा दिनुपर्ने थियो। तर, आडवाणी यसमा सहमत थिएनन्।

आडवाणीसमेत अन्य नेताहरुले मोदीको राजिनामाले केही फाइदा नहुने विश्वासमा थिए। तर, जब कार्यकारिणीको बैठक सुरु भयो, मोदीले आफ्नो राजिनामा पेश गरे।

पुरै सभामा मोदीको राजिनामा अस्वीकार गर्नुपर्ने आवाज उठ्यो। त्यतिबेला वाजपेयीका निकट प्रमोद महाजनसमेत मोदीको पक्षमा खडा भए। वाजपेयीले बहुमतको कदर गरे मोदी आफ्नो बाटोमा अगाडि बढे।

यसपछि सन् २०१३ जुनको महिना फेरि एक पटक गोवामा विजेपीको कार्यकारिणीको बैठक भयो। बैठकले मोदीलाई विजेपीको चुनावी अभियानको प्रमुख बनायो। उनी दिल्ली आए सबैभन्दा पहिला वाजपेयीबाट आर्शिवाद लिए।

मे २०१४ मा प्रधानमन्त्री बन्नासाथ मोदीले सबैभन्दा पहिला वाजपेयीलाई सम्झिए। वाजपेयीको जन्मदिन पहिले नै सरकारले उनलाई देशको सर्वोच्च सम्मान भारत रत्नले सम्मान गर्ने घोषण गर्यो। उनको जन्मदिनलाई ‘गुड गर्भनेन्स डे’ (अशल शासन दिवस) मनाउने घोषणा गर्दै आफ्नो पहिलो पूर्ण बजेटमा वाजपेयीको नाममा कैयौं योजना सुरु गर्ने घोषणा मोदीले गरे।

संसदीय दलको नेता चुनिनासाथ मोदी भावुक बने। ‘आज वाजपेयी यहीँ हुन्थे त सुनमा सुगन्ध हुन्थ्यो,’ मोदीका आँखा छछल्किए। चस्मा हटाएर भिजेका आँखा पुछे र फेरि एक पटक वाजपेयीलाई याद गरे।

 

म निःशब्द छु : मोदी

वाजपेयीको पार्थिव शरीरलाई उनको निवासमा पुर्याउनासाथ मोदी त्यहाँ उपस्थित थिए।

बाहिरदेखि शान्त तर मनमा उथल–पुथल। आफ्नो श्रद्धाञ्जलीमा मोदीले भनेका छन्, ‘म निःशब्द छु। शून्य छु। तर, भावनाहरुको ज्वारभाटा उम्लिरहेका छन्। हामी सबैका श्रद्धेय अटलजी हामी बीच रहनु भएन। आफ्नो जीवनका प्रत्येक पल उनले राष्ट्रप्रति समर्पित गरे। उनको मृत्यु एउटा युगको अन्त्य हो।

मोदी र वाजपेयीको सम्बन्धको गाँठो : देशले यही विश्वास गर्छ होला कि वाजपेयीको विरासतलाई उनले बाहेक अरु कसैले अगाडि बढाउन सक्दैन।

एक दिन पहिला त हो १५ अगस्टमा लालकिल्लाको प्राचिरदेखि मोदीले कास्मीर मामिलामा वाजपेयीलाई सम्झँदै भनेका थिए, ‘म वाजपेयीले देखाएको पथमा चल्न चाहन्छु। इन्सानियत, जम्हुरियत र कस्मिरियता।’ सायद सबै यही त चाहन्छन्।

बीबीसी हिन्दीमा प्रकाशित सामाग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell