PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ने क पा को विद्यार्थी संगठन एकता ४९९ सदस्यीय जम्बो कमिटी



पहिलोपोस्ट

ने क पा को विद्यार्थी संगठन एकता ४९९ सदस्यीय जम्बो कमिटी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को विद्यार्थी संगठनको एकताका लागि गठन भएको कार्यदलले विद्यार्थी संगठनको विधान टुंगो लगाएको छ।

तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्ववियु) र तत्कालीन नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) बीचको एकताका लागि गठन भएको कार्यदलले संगठनको नाम अखिल नेपाल विद्यार्थी यूनियन (अनेरास्ववियू) राख्दै विधानलाई टुंगो लगाएको हो।
 
यसरी तयार भएको विधानमा ‘यु’ लाई ‘यू’ले प्रतिस्थापन गरिएको छ। शुक्रवार बसेको कार्यदलको बैठकले संगठनको विधानलाई पारित गरेको छ। त्यस्तै कार्यदलले बनाएका समितिले तयार पारेको राजनीतिक तथा शैक्षिक प्रतिवेदनलाई समेत पास गरेको तत्कालिन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए।
 
संगठनको अंग्रेजी नाम अल नेपाल नेशनल इन्डिपेन्डेन्ट स्टुडेन्टस् यूनियन रहने छ। यसअघि तत्कालिन एमाले निकट विद्यार्थी संगठनले अंग्रेजीमा अल नेपाल नेशनल फ्रि स्टुडेन्ट्स युनियन लेख्थ्यो। भने माओवादी केन्द्र निकट विद्यार्थी संगठनको नाम अल नेपाल नेशनल इन्डिपेन्डेन्ट यूनियन (रिभोलुसनरी) थियो। 

यसैबीच कार्यदलले केन्द्रीय कमिटीको सदस्य संख्याकोसमेत टुंगो लगाएको छ। एकतापछिको केन्द्रीय कमिटी ४९९ सदस्यीय बन्ने भएको छ। जसमध्ये पूर्व अनेरास्ववियुबाट २६० र पूर्व अखिल क्रान्तिकारीबाट २३९ जना रहने गरी सहमति भएको बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell