PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

६ महिना नपुग्दै सरकार पूर्णतः असफल भइसकेको रामचन्द्र पौडेलको दावी



६ महिना नपुग्दै सरकार पूर्णतः असफल भइसकेको रामचन्द्र पौडेलको दावी

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ६ महिना नपुग्दै सरकार असफल सिद्ध भइसकेको दावी गरेका छन्।

उनले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि आरोप लगाए। वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए।

शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भीर नभएको उनको आरोप छ।

बिहीबार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क पनि गरे। उनले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको बताए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले प्रधानन्यायाधिशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भिर प्रहार गरेको आरोप लगाए। उनले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दावी पनि गरे।

प्रमुख सचेतक खाँडले सरकार जनहित विरोधी काममा लागेकाले त्यसको विरुद्धमा सशक्त ढंगले अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell