PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उपत्यकामा दुईपाङ्ग्रे सवारीचालक उच्च जोखिममा, एक वर्षमा १९४ को मृत्यु



पहिलोपोस्ट

उपत्यकामा दुईपाङ्ग्रे सवारीचालक उच्च जोखिममा, एक वर्षमा १९४ को मृत्यु

काठमाडौँः काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १९४ जनाको ज्यान गएको छ। सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो।

“मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भने। यस्तै पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा चार जनाको ज्यान गएको थियो।

आव ०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना चार, बस दुर्घटना सात, टेम्पो दुर्घटनामा एक र कार दुर्घटनामा नौजनाको मृत्यु भएको थियो। आव ०७३/७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको सङ्ख्यामा कमी आएको हो।

उपत्यकामा मात्र आव ०७४/७५ मा ११ हजार ५०७ दुर्घटना भएकामा एक हजार ५८० ट्रक, एक हजार ३२७ बस, ४१० माइक्रो, तीन हजार ८९० कार, भ्यान, जीप, चार हजार ४६ मोटरसाइकल, स्कुटर, १०३ टेम्पो परेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell