PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सृष्टि र आर्यनको आशा 'बाँध मायाले'



पहिलोपोस्ट

सृष्टि र आर्यनको आशा 'बाँध मायाले'

काठमाडौँ :  मिस नेपाल २०१२ एवम् अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म 'बाँध मायाले'को प्रचार सुरु भएको छ। फिल्मको प्रदर्शन टार्गेट असोज ५ हो। प्रदर्शन टार्गेट नजिकिँदै गर्दा टिमले फिल्मको गीतको भिडियो सार्वजनिक गरेको छ। फिल्मका मुख्य कलाकार सृष्टिसँगै आर्यन अधिकारीको गीतको भिडियोमा फिचर्ड छन्।  

फिल्मको शिर्ष गीत 'बाँध मायाले'मा सुगम पोख्रेल र अन्जु पन्तको स्वर रहेको छ। गीतमा अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको छ। फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा रामहरी धिताल र विभिषिका श्रेष्ठ फिल्मका निर्माता हुन्।

फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, रामजी लामिछानेको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्वन्द रहेको छ। फिल्ममा आर्यन र सृष्टिसँगै राजारामपौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ।

'रोमियो एण्ड मुना' सृष्टि अभिनित पछिल्लो फिल्म हो। आर्यनले भने प्रियांका कार्कीसँग 'बटरफ्लाई' गरेका थिए। दुवै फिल्महरु खासै चलेन।  सृष्टि र आर्यनको आशा अब 'बाँध मायाले'मा छ। फिल्मले कस्तो व्यापार गर्ला त्यो फिल्म रिलिजपछि थाह हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell