PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'मह संचार'ले बनाउने भयो 'दाल भात तरकारी'

'मह संचार'ले बनाउने भयो 'दाल भात तरकारी'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  मह संचारको प्रस्तुतिमा फिल्म 'दाल भात तरकारी' बन्ने घोषणा भएको छ। किरण केसी 'रातामकै'का छोरा सुदन केसीको निर्देशनमा फिल्म बन्ने भएको हो।

 सुदनले हलिउडका २ फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन्। फिल्मको प्रदर्शन लक्ष वैसाख १३ गते रहेको छ।

फिल्मका लागि २ करोड २६ लाख लगानी गर्नलाई ११ जना निर्माताहरु तयार भएका छन्। रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कशंकर, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, शिशिर वांग्देल, विल्सन विक्रम राई, दीवेन्द्र खनियाँ र सुमित मैनाली फिल्मका निर्माताहरु हुन्।  

फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, प्रियांका कार्की, किरण केसी, विल्सन विक्रम राई लगायतको अभिनय रहनेछ। फिल्ममा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको सिनेम्याटोग्राफी, हरिवंश आचार्यको संवाद/पटकथा रहनेछ। कमेडी जनरामा फिल्म बन्ने भएको हो। फिल्मको छायाँकन काठमाडौं र पोखरमा हुने निर्माण टिमले जनाएको छ।

३८ वर्षदेखि थिएटर र फिल्म क्षेत्रमा काम गर्दै आएको मह संचारको यो तेस्रो फिल्म हुनेछ। फिल्म घोषणा कार्यक्रममा मदनकृष्ण श्रेष्ठले भने, 'दाल भात तरकारी' नाम नै राम्रो छ। दाल भात तरकारीकै लागि मान्छेहरु दैनिक काम गरिरहेका हुन्छन्। हरिवंश र मैले पनि त्यसैका लागि यो क्षेत्रमा काम गरेको ३८ वर्ष भयो। अब हामी फिल्म बनाउन हौसिएका छौं।'

पार्किन्सनबाट लडिरहेका उनले हालसम्म एउटा तार हालेको टाउकोमा अब अर्को पनि हालेर फिल्म गर्ने बताए।

कार्यक्रममा नै अभिनेत्री प्रियांका कार्कीले आयुषमान जोशीसँग चाँडै विवाह गर्ने जनाइन्।



ट्रेन्डिङ पोस्ट

Ncell