PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राष्ट्रिय सभा संसदीय समितिका सभापतिको निर्वाचन भदौ ३ गते



पहिलोपोस्ट

राष्ट्रिय सभा संसदीय समितिका सभापतिको निर्वाचन भदौ ३ गते

काठमाडौं : संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुको सभापतिको निर्वाचन भदौ ३ गते हुने भएको छ।
राष्ट्रिय सभा नियमावलीको दफा १५० बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले निर्वाचनको मिति घोषणा गरेका हुन्।

निर्वाचन तालिका आजै सार्वजनिक गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको छ। राष्ट्रिय सभाका चार समिति छन्। दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन्। यी बाहेक दुई समितिहरु संसदीय सुनुवाई समिति र राज्यका निर्देशक  सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्क समिति प्रतिनिधिसभा र राष्ट्रियसभाका संयुक्त समिति हुन्। यीमध्ये ४ वटा समितिका लागि चुनाव हुन लागेको हो।

प्रतिनिधिसभाको भने भाद्र ५ गतेका लागि कार्यतालिका सार्वजनिक गरिएको छ।

आजको राष्ट्रिय सभाको बैठकमा “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५, “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५, “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५, “वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५, र “सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, प्रस्तुत गरिएको छ।

उक्त विधेयकहरुमाथि संशोधन प्रस्ताव दर्ताका लागि समय दिइएको छ।

राष्ट्रिय सभाको अर्को बैठक ३१ गते बिहीवार ११ बजे बस्नेछ।

प्रतिनिधिसभामा पनि विभिन्न विधेयकमाथि छलफल

आज बसेको प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि छलफल भएको छ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ र राहदानी विधेयक २०७५, माथि सामान्य छलफल भएको हो। 

यसैगरी लोक सेवा आयोगको ५८ औं वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिएको छ। कार्यसूचीमा रहेका अन्य विधेयकहरु कार्यसूचीबाट हटाइएको छ। प्रतिनिधिसभाको अर्को बैठक भोलि ११ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell