PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बजाजले नेपाली बजारमा ल्यायो पल्सर १५० ट्वीन डिस्क, मूल्य दुई लाख ५५ हजार 



बजाजले नेपाली बजारमा ल्यायो पल्सर १५० ट्वीन डिस्क, मूल्य दुई लाख ५५ हजार 

काठमाडौं : बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता एचएच बजाजले बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री सुरु गरेको छ।

कम्पनीका अनुसार यसमा २ वटा डिस्क ब्रेक छ। कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम गरी तीन वटा रङ्गमा ल्याइएको यो मोटरसाइकलमा युवालाई आर्कषित गर्न  मोटो ह्वील, मोटो टायर, च्यासिस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ।

बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस पूmटपेज राखिएको छ। स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ। यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ। १२९ एमएमको रियर टायर दिइएको छ। बाइकमा मस्कुलर लूक दिइएको छ।

यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएर छ।

यसको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell