PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इनार सफा गर्ने क्रममा राजधानीमा दुई जनाको मृत्यु



पहिलोपोस्ट

इनार सफा गर्ने क्रममा राजधानीमा दुई जनाको मृत्यु

काठमाडौँः काठमाडौँ महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामा रहेको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएसपी भेषराज रिजालले इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए ।

रिजालका अनुसार लामा पहिला इनारभित्र छिरेको र इनारभित्र अक्सिजन नभएर आत्तिएपछि महर्जनले उनलाई उद्धार गर्न जाँदा उनको समेत मृत्यु भएको हो।

साउन १८ गते लाजिम्पाटमा मेघवर्ण गौतमको घरमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा घर धनी ७० वर्षीय गौतम, ३५ वर्षीय भारतीय नागरिक अशोक कुमार र २३ वर्षीय रमेश चौधरी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell