PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

म्याग्दीमा दुई हजार ६ सय परिवारले गरे स्वास्थ्य बिमा



पहिलोपोस्ट

म्याग्दीमा दुई हजार ६ सय परिवारले गरे स्वास्थ्य बिमा

म्याग्दीः डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बिमा गराएका छन्।

विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो। यस क्रममा ११ हजार ७३० जनाले स्वास्थ्य बिमा गराएको समितिको बेनीस्थित कार्यालयले जनाएको छ।

अघिल्लो आवमा बिमा गरेका छ हजार २९६ जनाले नवीकरण गरेका छन्। आव २०७४/७५ मा पाँच हजार ४३४ जनाले स्वास्थ्य बिमा गराएका थिए। बिमा गरेकाहरुले नौ हजार ३२३ पटक सो सेवा लिएका छन् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ।

पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य रु ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आवद्ध हुन सक्नेछन्। पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भएमा रु एक लाखसम्मको सेवा पाउने प्रावधान छ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन्। वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउन सकिन्छ। जिल्लामा ४३ दर्ता सहयोगी परिचालित छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell