PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कैलालीमा बम विष्फोट, विप्लप समूहको संलग्नता हुनसक्ने प्रहरीको अनुमान



कैलालीमा बम विष्फोट, विप्लप समूहको संलग्नता हुनसक्ने प्रहरीको अनुमान
फोटो: dhangadhikhabar.com

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका, १ लम्कीमा रहेको देउती गुट्खा उद्योगको आज विहान बम विष्फोट भएको छ।
 
अज्ञात समुहले उद्योगको गेट बाहिर बम विष्फोट गराएको प्रहरीले जनाएको छ। बम विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका बताए। 

नेपाल कम्युनिष्ट पार्टी विप्लव कार्यकर्ताले बम विष्फोट गराएको हुन सक्ने अनुमान प्रहरीको रहेको छ।
 
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले बताए। 

केही समय अघि सोही ठाउँमा दुई वटा प्रेसर कुकर बम समेत भेटिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell