PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'स्मृतिका पहाड' लिएर आए डा विदुर चालिसे



'स्मृतिका पहाड' लिएर आए डा विदुर चालिसे

काठमाडौं: प्राध्यापक, कवि एवं भाषाविद् डा विदुर चालिसेको कविता संग्रह स्मृतिका पहाड आज विमोचन भएको छ। वरिष्ठ कवि तुलसी दिवस, प्राडा कुमार कोइराला, लघु कथाकार श्रीओम श्रेष्ठ रोदनलगायतले उक्त कृति विमोचन गरेका हुन्।

राजधानीको पद्मकन्या कलेजमा भएको विमोचन कार्यक्रममा कवि दिवसले चालिसे फरक धारका कवितासहित उपस्थित भएकोमा प्रशंसा गरे। दिवसले रचनाका कुनै सिद्धान्त भए पनि ती सिद्धान्त समयअनुसार परिवर्तनशील हुने बताए।

प्राडा कोइरालाले चालिसेका कवितामा जीवनका विविध विषय केलाइएको पाइएको बताए। पद्मकन्या क्याम्पसकी प्रमुख डा रेनुका जोशीले साहित्यमा प्राध्यापकहरुको उपस्थिति राम्रो हुँदै गएकोमा खुसी व्यक्त गर्दै आफ्नो कलेजमा पनि यसले विशेष स्थान पाउने बताइन्।

समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा भएको कार्यक्रममा सबैलाई धन्यवाद दिँदै लेखक चालिसेले कवितासमेत वाचन गरेका थिए। ९५ कविता संग्रहित कृतिको ३०० रुपैयाँ मुल्य तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell