PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सञ्चय कोषका बचतकर्ताको बोनसबाट बेतन कर्णाली जलविद्युतको सेयर



पहिलोपोस्ट

सञ्चय कोषका बचतकर्ताको बोनसबाट बेतन कर्णाली जलविद्युतको सेयर

काठमाडौं : कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई दिने बोनस रकम बेतन कर्णाली जलविद्युत आयोजनामा परिवर्तन गर्ने भएको छ।

सुर्खेतमा निर्माण हुने ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनामा कर्मचारी सञ्चयकोषको ४० प्रतिशत शेयर रहने गरी बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी दर्ता भइसकेको छ।

सञ्चयकोष सञ्चालक समितिको बैठकले सबै सञ्चयकर्ताले पाउने बोनस रकमलाई शेयरमा रुपान्तरण गर्ने निर्णय गरेको छ।

यसरी आउने बोनस रकम कर्मचारीको अलग्गै खातामा जम्मा गरी ब्याज सहित हुन आउने जम्मा रकमलाई बेतन कर्णालीको शेयरमा रुपान्तरण गर्न लागिएको हो।

कोषले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सञ्चयकर्ताको सञ्चयकोष मौजदातको ०.७५ प्रतिशत रकम सञ्चयकर्ताकै नाममा शेयरमा लगानी गर्ने गरि छुट्टै खातामा राखिएको छ।

उक्त मुनाफाबाट आउने रकमलाई शेयरमा लगानी गर्न नचाहने कर्मचारीले ३० दिनभित्र निवेदन नदिएमा उक्त रकम शेयरको रुपमा बेतन कर्णाली जलविद्युत आयोजनामा रुपान्तरण गरिने कोषले सूचना जारी गरेको छ।

निवेदन नदिएको खण्डमा शेयर लगानी गर्न स्वीकृति दिएको मानेर लगानी गरिने हुँदा लगानी गर्न नचाहने सञ्चयकर्ताले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आफ्नो दस्तखत सहितको निवेदन कोषलाई दिनु पर्नेछ।

शेयरको रुपमा कर्मचारीको रकम रुपान्तरण भइसकेपछि पैसा फिर्ता नहुने भएकाले शेयर लगानी गर्न नचाहने कर्मचारीले ३० दिनभित्र निवेदन दिनुपर्ने कोषले जारी गरेको सूचनामा उल्लेख छ।

शेयर लगानी गर्न नचाहने सञ्चयकर्ताको बोनस साविक बमोजिम कर्मचारीको सञ्चयकोष खातामै जम्मा हुने पनि कोषले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell