PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

खोलामा डुबेर दिदीको मृत्यु, भाइ बेपत्ता



पहिलोपोस्ट

खोलामा डुबेर दिदीको मृत्यु, भाइ बेपत्ता
प्रतीकात्मक फोटो

विराटनगरः सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर मंगलबार एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन्।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा बगाएर बेपत्ता भएका थिए।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएका प्रहरी र स्थानीयवासी मिलेर खोजबिनका क्रममा साँझ ५ बजे बालिकाको शव फेला पारेको छ भने बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell