PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पर्वतमा बस दुर्घटना : १६ घाइते, चालक प्रहरीको नियन्त्रणमा



पर्वतमा बस दुर्घटना : १६ घाइते, चालक प्रहरीको नियन्त्रणमा

पर्वत: जिल्लाको मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। 

पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करिव ३० मिटर तल खेतमा खस्दा १६ त्यसमा सवार जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ, भने अन्य घाइतेको यहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

बसचालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell