PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बदलिँदो शहरको कथा 'लिभिङ टुगेदर' लोकार्पण



बदलिँदो शहरको कथा 'लिभिङ टुगेदर' लोकार्पण

काठमाडौं: साहित्यकार गोविन्द गिरी प्रेरणाको पछिल्लो रचना लिभिङ टुगेदर उपन्यास आज लोकार्पण भएको छ। आज काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित लोकार्पण कार्यक्रममा सांसद तथा ने क पाकी सचेतक शान्ता चौधरी, कलाकार दीपाश्री निरौला र कवियत्री मोमिलाले किताबको घुम्तो उघारे।

अमेरिका बसेर काठमाडौंकै बदलिँदो कथा लेखेको भन्दै कलाकार दीपाश्रीले गिरीको प्रशंसा गरिन्। उनले किताबहरुबाट फिल्मका लागि आवश्यक विषयहरु भेटिने उनको भनाई थियो। 

सांसद शान्ता चौधरीले साहित्यले नै आफूलाई सचेत बनाएको चर्चा गरिन्। हरेक किताबबाट ज्ञान पाइने उल्लेख गर्दै उनले आफूले पनि स्वअध्ययनबाटै कमलरीदेखि सभासदसम्म पुस्तक लेख्न सकेको बताइन्। 

त्यसैगरी कवियत्री मोमिलाले प्रेरणाको किताबमा देशको माया भेटिने भएकोले राम्रो कृति भएको बताइन्। 

उपन्यासकार गिरीले आफूले काठमाडौंमै भएका घटनालाई उपन्यासको रुप दिएको बताए। १४ वर्षयता अमेरिका रहँदै आएका गिरीले आफू हरेक साहित्यमार्फत नेपालसँग जोडिन पाउँदा खुसी लागेको बताए।

उपन्यास बिएन प्रकाशनले बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell