PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

चिकित्सकको लापारवाहीले नारायणी अस्पतालमा गर्भवतीको मृत्यु भएको भन्दै परिवारजनको प्रदर्शन



राधेश्याम पटेल

चिकित्सकको लापारवाहीले नारायणी अस्पतालमा गर्भवतीको मृत्यु भएको भन्दै परिवारजनको प्रदर्शन

वीरगंज : वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल विहानदेखि तनावग्रस्त बनेको छ।

चिकित्सकको लापरवाहीले एक गर्भवतीको मृत्यु भएको भन्दै परिवारजनले चक्का जाम गरी विरोध प्रदर्शन थालेकाले अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो।

हिजो राति ८ बजे भर्ना भएकी बारा,परवानीपुर गाउपालिका वडा नम्बर ५ नौतन बहुअरीकी २४ वर्षीया रमिता देवीको अाज बिहान ५ बजे चिकित्सकले लगाएको गलत सुईका कारण मृत्यु भएको भन्दै परिवारजनले विरोध जनाउँदै प्रदर्शन थालेका हुन्। दुई महिने गर्भवती रमिता पेट दुख्दा अस्पताल भर्ना भएकी थिइन्। राति केही अौषधि उपचारपछि उनको स्वास्थ्य ठीक थियो। तर, बिहान ४ बजे फेरि पेट दुख्दा ड्युटीमा खटिएका अहेवले गलत सुई लगाएपछि रमिताको मुखबाट र्‍याल र फिज अाएको थियो। त्यसपछि उनी अचेत बनेको पति सतेन्द्रप्रसाद गुप्ताले बताए। 

पत्नीको उपचारमा लापरबाही गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको परिवारजनले माग गरेका छन्। यस विषयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकसंँग बुझ्दा सो समयमा डा.कृष्ण अधिकारी,अहेब द्वय जयराम महतो र सुरेश गुप्ता डियुटीमा रहेको र घटनाको बारेमा विस्तृत बुझ्ने कार्य भइरहेको बताए। यता,पर्सा प्रहरीले अस्पताल परिसरमा उलेख्य संख्यामा सुरक्षाकर्मी उतारेर सुरक्षा तैनाथी बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell