PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ड्राइभिङ सिक्ने क्रममा ट्याक्सी नदीमा खस्यो, आमाछोरा बेपत्ता



ड्राइभिङ सिक्ने क्रममा ट्याक्सी नदीमा खस्यो, आमाछोरा बेपत्ता

म्याग्दी: म्याग्दीको बेनीमा एक ट्याक्सी  नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। 

बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनकी आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ। 

अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको डिलबाट नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए। प्रहरी र स्थानीय बासिन्दा मिलेर उनीहरुको खोजी भइरहे पनि अझै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाले बताए। 

नदीले बगाएको ट्याक्सी बेनी ड्राइभिङ इन्ष्टिच्यूटको भएको र इन्ष्टिच्यूटका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell