PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बक्स अफिस लागू तर प्रविधिमा त्रुटी



रीना मोक्तान

बक्स अफिस लागू तर प्रविधिमा त्रुटी

काठमाडौं :  साउन १ गतेबाट उपत्यकाभित्रका हलहरुमा बक्स अफिस लागू भयो। बक्स अफिस लागू भएसँगै सम्बन्धित सरोकारवालाले यसमा केही प्राविधिक त्रुटीको सामना गर्नुपर्‍यो।  

निर्माता, प्राविधिक पक्ष, कार्यन्वयन समिति र सम्बन्धित संघसंस्थाले प्राविधिक समस्या झेल्नु पर्‍यो। विकास बोर्डका अध्यक्ष निकिता पौडेलले केही समयअघि बक्स अफिस लागू हुँदा केही साता प्राविधिक समस्या देखिन बताएकी थिइन्। बक्स अफिस लागू भएको १७ दिन बितिसक्दा पनि बक्स अफिसमा प्रविधिक समस्या देखि नै रह्यो।

इ टिकेटिङ नभइ हातैले च्यातेको टिकट पाइनु एवम् निर्माताले आफ्नो सम्पूर्ण व्यापारबारे यकिन जानकारी नपाउनु पहिलो पटक यो प्रविधि भित्र्याउँदा देखिएका केही समस्या हुन्। बक्स अफिसको परीक्षण नै नगरी यसलाई सुरु गरेका कारण यस्तो समस्या देखिएको हो।

बिहीवार नेपाल चलचित्र संघको कार्यलयमा सम्बन्धित व्यक्तिहरुबीच सम्पन्न 'स्पीकर्स कर्नर'मा बक्स अफिस विज्ञ मनिष पण्डितले तीन महिना परीक्षण समय रहेको बताए।

उनले भने, 'हाम्रो सिस्टममा समस्या छैन। सुरुमा देखिएको थियो। तर, हलवालाहरुसँग बसेर कुराकानी पनि गर्‍यौं। टिकेट अनुगमनका लागि हाम्रा मान्छेहरु पनि पठायौं। डाटाहरु पनि टेस्ट गरिरहेका छौं।'

उनका अनुसार सिस्टममा सुधार भइरहेको छ। प्राविधिक कुरामा ‍देखिएको समस्याको जिम्मा आफूहरुले नलिने चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले बताए। ‍बक्स अफिस लागू भएसँगै प्रदर्शनमा आएका फिल्म भैरे, बोबीका निर्माताले प्रविधिमा देखिएको समस्यामा झेल्नुपर्‍यो। मनिषले एक घण्टाको अवधिमा फिल्मको व्यापार निमार्ताले हेर्दै आएको बताए। रियल समयमा हेर्न केही समय लाग्ने कुरा पनि कार्यक्रममा प्रस्तुत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell