PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रोल्पामा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु



रोल्पामा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

रोल्पा: रोल्पाको माडी गाउँपालिका-१ धारावाङमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

माडी गाउँपालिका-२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नंको ट्याक्टर माडी-१ धारावाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका-७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका-१ का १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको हो। दुर्घटना भएको खबर सुन्ने बित्तिकै इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी शव निकालेको थियो। 

मृतकका शव हाल इलाका प्रहरी कार्यालयमा राखिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए। 

सडकबाट पाँच सय मिटर तल खसेको ट्याक्टरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ। भिरालो कच्ची सडकका कारण अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने औंल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell