PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डाक्टर केसी अब वार्डमा, पाँच दिन आइसियूमा उपचार, डिस्चार्ज हुन अझै एक साता



पहिलोपोस्ट

डाक्टर केसी अब वार्डमा, पाँच दिन आइसियूमा उपचार, डिस्चार्ज हुन अझै एक साता
फाइल फोटो

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीलाई आज वार्डमा सारिएको छ। २७ दिने लामो अनशन सकिए लगत्तै उनलाई आइसियुमा राखिएको थियो। रगतमा पोटासियमको मात्रामा भएको गढबढी, रक्तचापमा आइरहने व्यापक फेरबदल र सेतो रक्तकोशिकाको संख्या निकै नै न्यून भएका कारण उनलाई आइसियुमा राखिएको हो।

आज रगत परीक्षण गर्दा इसिजिमा सुधारका संकेतहरु देखिना साथ उनलाई वार्डमा सारिएको हो। अनशन सकिएपछिको पाच दिन उनी आइसियूमा बसे।

उनको शरीरमा अझै पनि सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप मेन्टेन नभएको र नसाबाट विभिन्न खाले औषधि दिइरहनु पर्ने भएका कारण अस्पातालकै मेडिसिन विभाग अन्तर्गत उपचार भइरहेको छ।

उनलाई डिस्चार्ज गर्न अझै एक हप्ता कुर्नुपर्ने र सम्पुर्ण रुपमा निको हुन ४-५ हप्ता लाग्न सक्ने चिकित्सकहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell