PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तनहुँको छिर्कनेमा माइक्रो बस र ट्रक ठोक्किँदा युवतीको मृत्यु, १५ घाइते



तनहुँको छिर्कनेमा माइक्रो बस र ट्रक ठोक्किँदा युवतीको मृत्यु, १५  घाइते

तनहुँ : तनहुँमा माइक्रो बस र ट्रक एक आपसमा ठोकिदाँ एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन्। 

मृत्यु हुनेमा भोजपुर बोक्सिङ नगरपालिकाकी १९ वर्षीया सविना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वी राजमार्ग सडक खण्ड व्यास नगरपालिका वडा नं १२ छिर्कनेमा ठोकिदाँ  दुर्घटना भएको हो। 

दुर्घटनामा सख्त घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell