PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री ओली र चीनका उपविदेश मन्त्री वाङबीच भेट, चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो



प्रधानमन्त्री ओली र चीनका उपविदेश मन्त्री वाङबीच भेट, चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपविदेश मन्त्री वाङ वाजुनले आज भेटघाट गरेका छन्।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवबद्धता जनाए। “हामी एक चीन नीतिका पक्षमा छौं। यो हाम्रो स्थायी नीति हो। यस नीतिलाई हामी आघात पर्न दिदैनौ,” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा चीनसँग भएको ट्रान्सपोट र ट्रान्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको विश्वास व्यक्त गरे। “सन् २०१६को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पुर्‍याउदैछौं,” प्रधानमन्त्री ओलीले भने, “हामी भूपरिवेष्टित देश  भएकोले यो सन्धीमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं।”

प्रधानमन्त्री ओलीले चीनीयाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन्। “हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ,” प्रधानमन्त्री ओलीले थपे, “चीनका राष्ट्रपति  र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं।”

उपविदेश मन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताए। गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताए। “सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्दछ,” वाङले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell