PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महिला फुटबल लिग : एपीएफ र आर्मीको लगातार दोस्रो जित, साबित्राको चार गोल



पहिलोपोस्ट

महिला फुटबल लिग : एपीएफ र आर्मीको लगातार दोस्रो जित, साबित्राको चार गोल

काठमाडौं : विभागीय टोलीद्वय सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मीले उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबलमा लगातार दोस्रो जित हासिल गरेका छन्।

लिग अन्तर्गत शुक्रवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले रौतहट जिल्ला फुटबल एसोसिएसनलाई ७-० ले हरायो।

एपीएफको जितमा साबित्राले ४ गोल गरिन्। साबित्राले ३०औँ, ५४औँ, ५५औँ र इन्जुरी टाइममा गोल गरिन्। उनले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेकी हुन्। पहिलो खेलमा काठमाडौं विरुद्ध ५ गोल गरेकी साबित्रा ९ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छिन्।

एपीएफका लागि सरु लिम्बुले २ तथा अनिता बस्नेतले १ गोल गरिन्।

यस्तै दीपा राईको ह्याट्रिक मद्दतमा बर्मीले काठमाडौँलाई ८-० ले हरायो। आर्मीको जितमा कृष्णा खत्रीले २ तथा विमला विक, इन्दिरा राई र कविता धिमालले १-१ गोल गरिन्।

आर्मीको पनि यो लगातार दोस्रो जित हो भने काठमाडौको लगातार तेस्रो हार हो। काठमाडौ पहिलो खेलमा रौतहट तथा दोस्रोमा एपीएफसँग पराजित भएको थियो।

आजको खेलपछि एपीएफ र आर्मीले अपराजित रहँदै समान ६ अंक जोडेका छन्। यस्तै ३ खेल खेलेको रौतहटले २ जित र १ हारपछि ६ अंक नै जोडेको छ।

२ खेल खेलेको पुलिस अंकविहिन छ भने काठमाडौं ३ वटै खेलमा पराजित भइकसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell