PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

मध्यरातमा भएको त्यो 'अनौपचारिक छलफल' जसले डा केसीको अनशन तोडाउन भूमिका खेल्याे



सागर बुढाथोकी

मध्यरातमा भएको त्यो 'अनौपचारिक छलफल' जसले डा केसीको अनशन तोडाउन भूमिका खेल्याे

काठमाडौँ : बिहीबार डाक्टर गोविन्द केसीको २७ दिने लामाे अनशन ताेडिँदा रातको साढे १० बजिसकेको थियो। वार्ता सफल गराउन सरकार र डा केसी पक्षका वार्ता टाेली दिनभर दाैडधुप गरेपनि वार्ता सफल गर्ने बाटाे भने बुधवार राति अबेरसम्म बालुवाटारमा भएकाे अनाैपचारिक छलफलले खाेलेकाे थियाे।

गत मंगलबारदेखि सुरु भएको डा केसी पक्ष र सरकारबिचको वार्ताले बल्लतल्ल बिहीबार राती निकास निकालेको हाे। यो बीच सरकारी वार्ता टोली र डा. केसीका टोलीबीच पटक पटक वार्ता भए तर ती वार्ता एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै बिना निष्कर्ष टुंगिए।

अाज दिनभरकाे दाैडधुप उपत्यकामा १० वर्षभित्रमा मेडिकल कलेज खाेल्न पाइने कि नपाइने भन्ने विषयमा केन्द्रित थियाे। याे विषय सुरूकाे सात बूँदे सहमति पत्रमा उल्लेख नगरेकाले डा केसीले वार्ता टाेलीलाई फर्काइदिएका थिए। 

डा. केसीकाे सन्देश बाकेर डा. केसी पक्ष बालुवाटार पुगेपछि सरकारले मध्यमार्गी बाटाे अपनाएसँगै अनशन ताेडिएकाे हाे।

डा केसीको माग पूरा भएसँगै उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न अाशयपत्र दिइने छैन। अाशयपत्र पाएका र पूर्वाधार पुगेका मेडिकल कलेजहरूले मुअाब्जा पाउनेछन् भने सरकारले ताेकेकाे ठाउँमा गए सरकारी सहुलियत पाउनेछन्।

यही बूँदामा सहमति गर्नकाे लागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, नेकपा नेता नारायणकाजी श्रेष्ठ, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालका डा. दिव्या सिंह शाहसहितको टोली र प्रधानमन्त्रीबीच केसीको मागको विषयमा बारम्बार छलफल भएकाे थियाे। तर ती छलफलहरू बिना निष्कर्ष टुंगिएका थिए।

तर बुधवार मध्यरातमा भएको एउटा अनौपचारिक छलफलले वार्ताको मार्ग खुल्ला गरेकाे हाे। त्यो वार्ताको पहल प्रम केपी ओलीकी निजी चिकित्सक दिव्या सिंहले गरेकी थिइन्। 

डा सिंहकै पहलमा बुधवार राति केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा. अभिषेक सिंह र अधिवक्ता सुरेन्द्र भण्डारी प्रधानमन्त्री ओलीसँग छलफल गर्न पुगेका थिए। बुधवार राति करिब ३ घण्टा छलफल चलेकाे थियाे।  प्रम केपी ओली आफै उपस्थित भएर छलफल गरेका थिए।

डा सिंह भन्छिन्, 'डा केसीले दिएको मागको लिखित सुझावमा प्रम ओली निकै सकरात्मक हुनुभएको थियो। त्यस्तै केसी पक्षका वार्ता टोलीका सदस्यहरु  पनि समस्या समाधान हुने भन्दै बाहिरिएका थिए।'

यसअघि पनि डाक्टर केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेको थियो भने सरकारी वार्ता टोलीले विधेयक संशोधन गरेर डाक्टर केसीको माग पूरा गर्ने सहमति जनाएको थियो। तर, लगभग सहमति भइसकेको भएपनि बारम्बार वार्ता भाँडिइरहेको थियो। 

मध्यरातमा बालुवाटारमा पनि यिनै विषयमा छलफल भए। प्रम ओली डा केसीको जीवनरक्षा माग गर्न सकरात्मक देखिए। यी लगायत अन्य बूँदामा पनि प्रम ओलीसँग छलफल भयो। विधेयक संसदको प्रक्रियामा गइसकेकाले फिर्ता नलिने तर, त्यसमा डा. केसीले उठाएका विषय समेटेर संशोधन गर्न प्रम ओली सकारात्मक देखिएका थिए।

राति अबेरसम्म सुरेन्द्र भण्डारी लगायतले प्रधानमन्त्रीलाई ब्रिफ्रिङ गरेपछि प्रम ओली विधेयकमा संशोधनमार्फत् केसीले उठाएका विषय सम्बोधन गर्न सहमत देखिएका थिए।

बालुवाटारमा बिहानको २ बजे सम्म छलफल भएको थियो। त्यसपछि डा केसी पक्षका वार्ता टोली बालुवाटारबाट फर्किए।

बिहानै डा केसी पक्षका वार्ता टोलीका संयोजक अभिषेकराज सिंहले ट्विट गरे, 'हिजो राती अबेरसम्म भएको वार्ताले आशाको किरणहरु देखिएका छन। आशा गरौ आजै समस्याको समाधान हुन्छ।' 

त्यस्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बिहानै ट्विट गरे, ' मर्निङ सोज द डे,  आज त राम्रै सुन्न देख्न पाइएला जस्तो छ।'

बिहीबार बिहान बालुवाटारमा फेरि अर्को छलफल भयो। छलफलले विधेयकमा सहमति जुटाउने जिम्मा डा. केदारभक्त माथेमा, मेडिकल काउन्सिलका डा. धर्मकान्त बास्कोटा र निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई दिइयो। तीन जनाले गरेको सहमतिलाई विधेयकमा मिलाउने जिम्मा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पाए।

बुधवार राति प्रम अाेलीसँग भएकाे छलफलकाे अाधारमा बिहीबार दिनभर वार्ता भयाे।  बालुवाटारबाट सात बूँदे सहमति बोकेर डा. गोविन्द केसीकोमा पुग्दा उनले उपत्यकामा १० वर्षभित्रमा मेडिकल कलेज खाेल्न पाइने कि नपाइने भन्ने विषय उल्लेख नभएको भन्दै फर्काइदिए। यता प्रधानमन्त्री र मन्त्रीहरु सिंहदरबारमा मन्त्रिपरिषद्को बैठकमा व्यस्त भए। 

फेरि बालुवाटारमा बैठक बस्यो। सिंहदरबारबाट प्रधानमन्त्री बालुवाटार पुगे। अन्तत: आशयपत्र दिइसकेका मेडिकल कलेजहरुलाई काठमाडौँ उपत्यकाबाट बाहिर जान प्रोत्साहित गर्ने र जान नचाहे आपसी सहमतिमा सरकारले किन्न सक्ने बीचको बाटो निकालियो। यो प्रस्तावमा डा केसी सकारात्मक देखिए। 

त्यसपछि नेम्वाङ र माथेमाले डा. केसीलाई नौ बूँदे सहमतिमा हस्ताक्षर गराउँदै अनसन ताेडाए। अनसन तोडिएसँगै डा. केसीलाई अनसन स्थलबाट आइसियुको बेड नम्बर १ मा लगिएको छ। 

सम्बन्धित समाचार

डा.केसीसितको सहमतिपछि अब के हुन्छ दुर्गा प्रसाइँको बीएन्डसी र मनमोहन मेडिकल कलेज?

यस्तो छ डा. केसी र सरकारबीच भएको नौ बूँदे सहमति


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell