PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

केसीको अनशन अन्त्य गराउने 'होमवर्क' बालुवाटारमा सुरु, टुंगो वार्ता टोलीबाटै हुने



पहिलोपोस्ट

केसीको अनशन अन्त्य गराउने 'होमवर्क' बालुवाटारमा सुरु, टुंगो वार्ता टोलीबाटै हुने

काठमाडौं : सरकारले डाक्टर गोविन्द केसीको माग पूरा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज फेरि 'होमवर्क' सुरु भएको छ। हिजोको वार्तामा डाक्टर केसी पक्षका वार्ता टोलीका सदस्यहरु सरकारले माग पूरा गर्ने प्रतिवद्धता नगरी वार्तामा नबस्ने भन्दै बाहिरिएपछि अनिर्णित नै टुंगिएको थियो। आज उनीहरुलाई मनाउन सरकारले बालुवाटारमा होमवर्क सुरु गरेको हो।

डा केसी पक्षले सरकारी वार्ता टोली बिना तयारी वार्तामा बसेको भन्ने आरोप लगाएपछि वार्ता टुंगिएको थियो।

हिजो बुधबार पनि शिक्षा मन्त्रालयमा वार्ता हुनुअघि केसी र सरकारबीच वार्ताका लागि सहजिकरण गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्राध्यापक केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाह सहितको टोली र प्रधान मन्त्रीबीच केसीको मागको विषयमा बालुवाटारमा छलफल भएको थियो।

त्यो छलफलले केसीको मागको विषयमा अनौपचारिक रुपमा सहमति भएको नेम्वाङले बताएका थिए।

आजको बार्ताले सम्भवत डाक्टर केसीको अनशन अन्त्य हुने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बताए। उनले भने, 'बालुवाटारको छलफल सकिएपछि वार्ता टोलीले नै डाक्टर केसी पक्षको वार्ता टोलीसँग छलफल गरेर टुंगो लगाउनेछ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell