PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एनएसीको दोस्रो एयरबस ‘मकालु’ काठमाडौँ आइपुग्यो, पहिलो जहाजको उडान अझै अनिश्चित



पहिलोपोस्ट

एनएसीको दोस्रो एयरबस ‘मकालु’ काठमाडौँ आइपुग्यो, पहिलो जहाजको उडान अझै अनिश्चित

काठमाडौँः नेपाल वायु सेवा निगमको दोस्रो जहाज एयरबस -३३० ‘मकालु’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

निगमको जहाज ९ बजेर २१ मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको हो। विमान ल्याउन निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारसहितको टोली फ्रान्स पुगेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव कृष्ण देवकोटाले नयाँ जहाजको स्वागत गरेका हुन्। जहाज आउनुअघि निगमका उपप्रवन्ध निर्देशक गणेश बहादुर चन्दले आकाश भैरवको पूजा गरेका थिए।

यसअघि आएको निगमको एयरबस ३३०-२०० जहाज एक महिनाअघि आएको थियो। यो जहाज अझै कहिलेबाट उडान गर्ने टुंगो छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्इ साताअघि प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा पर्यटन सचिव कृष्ण देवकोटालार्इ अर्बौ ऋणमा ल्याएको जहाज नउडाएर थन्क्याउन ल्याएको भन्दै हप्काएका थिए।

निगमले दुर्इवटा वाइडबडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको छ। निगमले फ्रान्सको एएआर कम्पनीसँग गत वैशाखमा दुईवटा वाइडबडी जहाज खरिदका लागि सम्झौता गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell