PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अनशनको २६ औं दिन पनि जुटेन सहमति, डा केसीको स्वास्थ्य खस्कँदो



अनशनको २६ औं दिन पनि जुटेन सहमति, डा केसीको स्वास्थ्य खस्कँदो

काठमाडौं: चिकित्सा शिक्षा सुधारको माग राखेर २६ दिनदेखि अनशन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भन्दै गएको छ। त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुका अनुसार डा केसीको रगतमा सेतो रक्तकोशिकाको संख्या हालसम्मकै न्यून भएको छ। रगतमा सुगरको मात्रा कम भएकाले उनी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुले बताएका छन।

उनको रगतमा पोटासियम अति नै कम भएको र मुटुको चाल पनि घटबढ भएकाले मुटुको धड्कनमा समस्या आउन सक्ने चिकित्सकहरुले बताएका छन। त्यस्तै उनको रक्तचाप पनि अत्यन्त कम रहेको छ। यसरी मुटुको चाल, धड्कन र रक्तचाप को समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने डा लक्ष्मण भुसालले जानकारी दिए।

उनले भने,' केहिदिन यहि अवस्था रहिरहे  दिमागमा गम्भीर असर पर्न गइ कोमामा जाने अवस्था पनि आउन सक्छ।'

उनका अनुसार यस्तो अवस्थाको बिरामीलाई आइसियुमा राखेर उपचार गर्नु पर्ने हुन्छ। तर डा.केसीले यस अघि नै आफू होसमा रहुन्जेल आइसियुमा नजाने बताएकाले उनको उपचार गर्न कठिन भएको छ।

त्यस्तै आज सरकारी टोली र डा केसी पक्षबिच भएको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ। अर्को वार्ताको मिति टुंगो लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell