PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बिना निष्कर्ष टुंगियो वार्ता : माग पुरा गर्ने सरकारी प्रतिवद्धता आएपछिमात्र डा केसी पक्ष वार्तामा बस्ने



बिना निष्कर्ष टुंगियो वार्ता : माग पुरा गर्ने सरकारी प्रतिवद्धता आएपछिमात्र डा केसी पक्ष वार्तामा  बस्ने

काठमाडौं: डाक्टर गोविन्द केसी पक्ष र सरकारी टोलीबिचको वार्ता बिना निष्कर्इ टुंगिएको छ। डा केसीका वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंहले सरकारी टोलीले सरकारलाई उपलब्ध गराएको सुचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै वार्तामा बस्ने जनाएका छन।

सिंहका अनुसार सरकारी टोली गृहकार्य नगरी वार्तामा बसेकाले वार्ता बिना निग्कर्ष टुंगिएको हो।

हिजो बिना निष्कर्ष टुंगिएको वार्ता आज ढिलो गरी सुरु भएको थियो। बिहान एक चरणणको वार्ता माथेमा कार्यदलको संयोजक केदारभक्त माथेमा लगायतका टोलीसँग सरकारी टोलीले बालुवाटारमा छलफल गरेको थियो।

त्यो छलफलपछि सहमति हुने सम्भावना बढेको थियो। सिंहका अनुसार वार्तामा विधेयकको बारेमा छलफल भएको छैन। ने क पाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेपछि हिजो सुरू भएको वार्ता धेरै कुरा सहमति नजिक पुगेको जनाइएको थियो।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग छलफल सुरू भएको थियो।

हिजो नेम्वाङले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell