PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डा केसी र सरकारबीच दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा हुँदै, होला त सहमति?



डा केसी र सरकारबीच दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा हुँदै, होला त सहमति?

काठमाडौं: डाक्टर गोविन्द केसी पक्ष र सरकारी टोलीबिचको दोस्रो चरणको वार्ता साढे एक बजे शिक्षा मन्त्रालयमा हुने भएको छ। पहिलो चरणको वार्ता माथेमा कार्यदलको संयोजक केदारभक्त माथेमा लगायतका टोलीसँग आज बिहान बालुवाटारमा भएको थियो।

पहिलो चरणको वार्तामा हिजो सहमति हुन नसकेको मुख्य बुदाँमा छलफल भएको स्रोतले बताएको छ। स्रोतको अनुसार दुबै पक्ष आफ्नो अडानमा लचक भएर अघि बढेका छन्। आजको वार्ताले निकाश निकाल्ने दुबै पक्ष आशावादी छन्।

ने क पाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेपछि हिजो सुरू भएको सरकार र डा गोविन्द केसी पक्षबीचको वार्ता हिजो बिना निष्कर्क्ष टुंगिएको थियो।

हिजोको वार्ता धेरै कुरा सहमति नजक पुगेको जनाइएको थियो। डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग छलफल सुरू भएको थियो।

हिजो नेम्वाङले  केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। त्यसपछि मात्रै सरकारी टोली र डा केसी पक्षबीच वार्ता हुने वातावरण बनेको थियो।

सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर सरकारी टोलीलाई लिखित नै दिएको थियो। त्यसमा उपत्यकामा मेडिकल कलेज खोल्नलाई १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा अटाएको थियो।

स्रोतका अनुसार यसअघि आशयपत्र पाएकाले तोकेको शर्त पूरा गरेर कलेज सञ्चालन गर्न दिने गरी संशोधनमा दुबै पक्ष सकरात्मक भएका छन्। सहमतिको मिलन बिन्दू यसमा हुन सक्ने बताइएको छ। 

यद्यपि डा. केसीको वार्ता टोलीको संयोजक अभिषेकराज सिंहले आशयपत्र पाएकाहरूले सम्बन्धन पाउने गरी संशोधन हुने भन्ने कुरा अफवाह भएको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell