PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकार- डा. केसी वार्ता 'सहमति नजिक', के-के विषयमा हुँदैछ सहमति?



सरकार- डा. केसी वार्ता 'सहमति नजिक', के-के विषयमा हुँदैछ सहमति?

काठमाडौँ : ने क पाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेपछि सुरू भएकाे सरकार र डा गाेविन्द केसी पक्षबीचकाे वार्ता भाेलि बिहान ९ बजे सुरू हुने गरी मंगलबार राति  टुंगिएकाे छ। सरकारी वार्ता टाेलीका संयाेजक खगराज बरालले प्रेस वक्तब्य जारी गरी भाेलि वार्ता हुने जनाएका छन्। वक्तब्यमा धेरै कुरा सहमति नजिक पुगेकाे जनाइएकाे छ।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग छलफल सुरू भएकाे थियाे। तर लामाे समयसम्म बसेकाे बैठकले अाज कुनै निष्कर्ष निकालेन।

नेम्वाङले  केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। त्यसपछि मात्रै सरकारी टाेली र डा केसी पक्षबीच वार्ता हुने वातावरण बनेकाे थियाे।

सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर सरकारी टाेलीलाई लिखित नै दिएकाे थियाे। त्यसमा उपत्यकामा मेडिकल कलेज खाेल्नलाई १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा अटाएको थियाे।

स्रोतका अनुसार यसअघि आशयपत्र पाएकाले तोकेको शर्त पूरा गरेर कलेज सञ्चालन गर्न दिनेगरी संशोधनमा दुबै पक्ष सकरात्मक भएका छन्। सहमतिको मिलन बिन्दू यसमा हुन सक्ने बताइएको छ। 

यद्यपि डा. केसीकाे वार्ता टाेलीकाे संयाेजक अभिषेकराज सिंहले अाशयपत्र पाएकाहरूले सम्बन्धन पाउने गरी संसाेधन हुने भन्ने कुरा अफवाह भएको दावी गरे। 'त्यस्ताे सहमती र कुराकानी नै भएकाे छैन', उनले पहिलोपोस्टलाई भने। 
 
वार्तामा डाक्टर केसीको तर्फबाट डाक्टर जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, डा अभिषेकराज सिंह थिए भने सरकारको तर्फबाट शिक्षा सचिव डा खगराज बराल गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी वार्तामा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell