PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अमेरिकामा भानु जयन्ती, नेपाली साहित्य समाजको नयाँ कार्यसमिति



अमेरिकामा भानु जयन्ती, नेपाली साहित्य समाजको नयाँ कार्यसमिति

नर्थ क्यारोलाइना: नेपाली साहित्य समाज नर्थक्यारोलाइनाले शिखर दुलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिका उपाध्यक्षहरुमा नम्रता आचार्य र शिशिर खनाल, महासचिव  निर्मला राजभण्डारी  र कोषाध्यक्षमा सुजाता ढुङ्गेल  चुनिएको समितिले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

यसैगरी सदस्यहरुमा डा. अच्युत शर्मा, बिक्रम गौतम, सुवास ढकाल,  डा. ऋषि बस्ताकोटी, गीता बस्नेत तथा  डा. दिपेन्द्र अर्याल चयन भएका छन्।

नर्थक्यारोलाइनास्थित बिभिन्न संस्थाहरुसँगको सहकार्यमा समितिले २०५ औं भानु जयन्तीसमेत मनाएको छ।

नेपाली साहित्य समाज नर्थक्यारोलाइना र नेपाली पाठशालाले संयुक्त रुपमा कविता वाचन तथा बालबालिकाहरुबीच भानुभक्त विषयमा वक्तृत्वकला प्रतियोगिता गरेका थिए।

सहआयोजक नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष डा. बटु शर्माले विदेशमा बसेपनि नेपाली विद्यार्थीहरुलाई नेपाली भाषा र साहित्यप्रति झुकाव राख्न प्रोत्साहन गर्न ‘भानुभक्त र नेपाली भाषा’  बिषयमा बक्तृत्वकला प्रतियोगिता गरेको बताए।

कार्यक्रममा कक्षाका आधारमा तह छुट्याएर चार तहका बालबालिकाबीच वक्तृत्वकला प्रतियोगिता गराइएको थियो।

पहिलो समूहमा क्रमश: शाइन लामिछाने, विभुषा गौतम र प्रिन्स गौतम विजयी भए।

यसैगरी दोस्रो समूह अन्तर्गत निर्विरोध तिमिल्सिना, सेजल घिमिरे र बिभु पोखरेल विजयी भए।

तेस्रो समूह अन्तर्गत समी घिमिरे, मोनिका चौलागाईं र सुहानी ढुङ्गेल उत्कृष्ट ठहरिए भने  चौथो समूह अन्तर्गत आयुष्मा शर्मा र सम्पदा आचार्य विजयी भए।

कार्यक्रममा शिखर दुलालले भानुभक्तको कान्तिपुरी नगरी कविता पाठ गरेका थिए भने  गीता बस्नेत, उमा शर्मा, निर्मला राजभण्डारी, सुजाता ढुङ्गेल, नम्रता आचार्य र मनोज प्रधानले आ- आफ्ना कविता सुनाएका थिए।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले सन् २०१२ देखि निरन्तर घरदैलो मासिक कार्यक्रम गर्नुका साथै मासिक पत्रिका, बालकथा तथा कविता संग्रह समेत प्रकाशन गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell