PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सेवा प्रभावित नपारी डा केसीलाई समर्थन गर्न नमिल्ने?



सेवा प्रभावित नपारी डा केसीलाई समर्थन गर्न नमिल्ने?

काठमाडौं: चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राखेर २५ दिनदेखि अनशनरत डा गोविन्द केसीको माग पुरा गर्न भन्दै रेजिडेन्ट डाक्टरहरुले काम छोडेर अनशन थालेका छन्। डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि सरकारले वार्ताको लागि पहल नगरेको भन्दै उनीहरुले आफु कार्यरत स्वास्थ्य संस्थामा नियमित ओपिडी टिकट, रसिद, बिल बहिष्कार गर्ने घोषणा गरेका हुन्। 

उनीहरुको आन्दोलनसँगै शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल काठमाडौँ र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अइसियू र इमर्जेन्सी बाहेकका सेवा केही प्रभावित हुनेछ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत देशभरका अन्य रेजिडेन्ट डाक्टरहरुले डाक्टर केसीको मागमा एक्यबद्दता जनाएपनि सेवा प्रभावित हुनेगरी आन्दोलन गरेका छैनन्।

रेजिडेण्ड डक्टर्स एशोशियनको अध्यक्ष सुमित पाण्डे अन्य विकल्प नभएर आन्दोलन गर्नुपरेको बताउँछन। 'हामी डाक्टरहरुको आन्दोलन भनेको काम छोड्नु नै हो। हामी बन्दुक बोक्न सक्दैनौँ। ढुंगा हान्न सक्दैनौँ।' पाण्डे भन्छन्, 'हामीले बिरामी बचाउँनुपर्छ भन्ने कर्तव्य भुलेका छैनौं। इमर्जेन्सी र आइसियू खुल्ला छ। अन्य सेवा दिन अरु डाक्टरहरु हुनुहुन्छ। हामी रेजिडेण्डहरुको मात्र आन्दोलनमा हो।'

डाक्टर केसीको जीवनरक्षाको लागि सरकारलाई दबाब दिन बाध्य भएर आन्दोलन गर्नुपरेको पाण्डेको तर्क छ। २५ दिनसम्म अनशन बस्दा पनि सरकारले वार्ताको पहल नगरी केसीप्रति आक्रमक भएकाले आन्दोलन गर्नुपरेको पाण्डे बताउँछन्।

रेजिडेण्ड डक्टर्सहरुको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले देशभरका चिकित्सकलाई इमर्जेन्सी र आइसियू बाहेकका अन्य सेवा बहिस्कार गर्न निर्देशन दिएका छन्। संघका महासचिव कार्कीले सरकारलाई दबाब दिन सांकेतिक विरोध स्वरुप यस्तो निर्देशन दिएको बताए।

चिकित्सकहरुले वैकल्पिक ओपिडी सञ्चालन गरेर आफ्नै पुर्जामा निशुल्क सेवा दिन देशभरका चिकित्सकलाई निर्देशक दिएको कार्कीले बताए। भने, 'हामीले इमर्जेन्सी र आइसियू बाहेकका अन्य सरकारी सेवामा काम नगर्न डाक्टरहरुलाई निर्देशन दिएका हौँ। तर, सेवा दिइरहेका छौँ। आफ्नै पुर्जामा निशुल्क सेवा दिएर सरकारलाई सांकेतिक  विरोध हो यो। अब यसलाई अस्पतालको सेवा ठप्प भन्ने कि के।'

डाक्टर केसीले २५ दिनसम्म अनशन बस्दा सरकारले वार्ता नगरेपछि सरकारको विरोध गर्नुपरेको कार्की बताउँछन्। डाक्टर केसीको जीवनरक्षा गर्नको लागि आन्दोलन गर्नुपरेको उनको तर्क छ। भने, 'बिरामी नै मर्ने गरी हामीले आन्दोलन गरेका हैनौँ। सरकारी बिल र ओपिडी बहिस्कार गरेको सत्य हो। तर, आफ्नो तरिकाले बिरामीको उपचार गरिरहेका छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell