PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


प्रचण्डकी नातिनीको 'पानी कुवाको' गीतमा कार्टुन्ज क्रुको डान्स


प्रचण्डकी नातिनीको 'पानी कुवाको' गीतमा कार्टुन्ज क्रुको डान्स

ने क पाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की नातिनी स्मीता दाहाल र सरोज ओलीको स्वर रहेको पानी कुवाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 

कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको भिडियोमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन्।
 
आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन्। साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ। भिडियोमा उनको छोटो भूमिका छ।
 
 दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन्। उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन्। 
 



प्रचण्डकी नातिनीको 'पानी कुवाको' गीतमा कार्टुन्ज क्रुको डान्स को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट