PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महोत्तरीमा लागूऔषधसहित दुई पक्राउ



पहिलोपोस्ट

महोत्तरीमा लागूऔषधसहित दुई पक्राउ

गौशालाः महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ बस्ने ३५ वर्षीय जीतेन्द्रप्रसाद साह र १९ वर्षीय चन्दनकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

दुबै युवक भारतको भिठ्ठामोड शहरबाट अवैध लागूऔषध स्पान्सनो प्रोसिभोप्लस ४० पीस, नाइट्रोसन १० पीस र पेन्टाजोसिक लेक्ट सुई पाँच थानसहित नेपाल प्रवेश गर्दा जलेश्वर नगरपालिका–३ स्थित मलिवारा चोकमा प्रहरीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट अवैध लागूऔषध भेटिएपछि पक्राउ परेका हुन्।

लागूऔषधसहित पक्राउ परेका दुबै युवकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

 

दुई समूहबीच झगडा हुँदा ११ घाइते

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन्।

त्यस्तै पुरुषतर्फ ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

राति १०ः३० बजे घरेलु हात हतियारसहित भएको सो घटनामा टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न अंगमा घाउ चोट लागेर गम्भीर घाइते भएकाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell