PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले बराबरी गरे जागोलो र बेकनबाउरको कीर्तिमान



पहिलोपोस्ट

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले बराबरी गरे जागोलो र बेकनबाउरको कीर्तिमान

फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप २०१८ को उपाधि जितेपछि प्रशिक्षक डिडिएर डेसच्याम्पसले पनि फरक उपलब्धी हासिल गरेको हो।

फ्रान्सले पहिलो पटक सन् १९९८ मा विश्वकप उपाधि जित्दा कप्तान रहेका डेसच्याम्पसले २० वर्षपछि फरक भूमिकामा विश्वकप ट्रफी उचाल्ने मौका पाए।

१९९८ मा ब्राजिललाई ३-० ले पराजित गर्दै फ्रान्सले उपाधि जित्दा डेसच्याम्पसले सफल कप्तानको भूमिका निर्वाह गरे। रसियामा उनले प्रशिक्षकका रुपमा उपाधि जित्दा फ्रान्स अपराजित रह्यो।

डेसच्याम्प्स खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका छन्। यसअघि ब्राजिलका मारियो जागोलो र जर्मनीका फ्रान्ज बेकनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए।

जागोलोले सन् १९५८ र १८६२ मा खेलाडीको रुपमा लगातार दुई विश्वकप जितेका थिए भने ८ वर्षपछि १९७० मा ब्राजिललाई तेस्रो पटक च्याम्पियन बनाउँदा प्रशिक्षकको भूमिकामा थिए। विश्वकप जित्ने ब्राजिलको १९७० को टोलीलाई अहिलेसम्मकै उत्कृष्ट टोली मानिन्छ।

सन् १९७४ मा पश्चिम जर्मनीबाट कप्तानको रुपमा विश्वकप जितेका बेकनबाउरले १९९० मा प्रशिक्षकको रुपमा जर्मनीलाई विश्वकप जिताए।

बेकनबाउरपछि कप्तान र प्रशिक्षकको रुपमा विश्वकप जित्ने डेसच्याम्प्स पहिलो व्यक्ति बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell