PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गोरेका भाइ अबु धाबीमा समातिए, नेपाल ल्याउने तयारी



सविन ढकाल

गोरेका भाइ अबु धाबीमा समातिए, नेपाल ल्याउने तयारी

काठमाडौँ : ३३ किलो सुन प्रकरणमा इन्टरपोलमार्फत् प्रहरीको खोजी सूचीमा रहेका रमेश उप्रेति पक्राउ परेका छन्। त्यहाँको प्रहरीले केही साता अगाडि उप्रेतिलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले बताए।

उप्रेतिलाई युएईको अबुधाबीमा त्यहाँको प्रहरीले पक्राउ गरी इन्टरपोल प्रहरीलाई बुझाएको थियो। 

स्रोतले दिएको जानकारी अनुसार आवश्यक कागजपत्र मिलाएर उप्रेतिलाई केही समयपछि नेपाल ल्याउने तयारी भइरहेको जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका उप्रेति ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेतिका भाइ हुन्। उनी दुबईमा बसेर सुन तस्करी गर्दै आएको अदालतमा अभियुक्तले दिएको बयानमा खुलेको छ। 

सनमको हत्या भएको दिन गोरेले सबैभन्दा पहिलो जानकारी दिने व्यक्ति उनै रमेश भएको अभियोगपत्रमा प्रतिवादीहरुको बयानबाट खुल्छ। 

सनमको हत्याको जिम्मा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र नरेन्द्र कार्कीलाई लिन लगाउने र दाइ ‘गोरे’लाई बचाउने उनै रमेशको योजना थियो। रमेशले प्रहरीले पक्राउ गरेपछि केस मिलाउने र उनीहरूको परिवारलाई ५० लाख रुपैयाँ दिने आश्वासनसमेत दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell