PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विश्वकप रसियामा, सुरक्षा काठमाडौँमा : आज राति ट्राफिक प्रहरीको विशेष चेकिङ हुने



विश्वकप रसियामा, सुरक्षा काठमाडौँमा : आज राति ट्राफिक प्रहरीको विशेष चेकिङ हुने
फाइल फोटो

काठमाडौँ: रसियामा आज हुने विश्वकपको फाइनल खेललाई लिएर प्रहरीले राजधानीमा विशेष सुरक्षा व्यवस्था अपनाएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फुटबल खेल हेर्नुअघि र पछि मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन विशेष अनुरोधसमेत गरेको छ। 

फुटबल खेलपछि मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्ति हुने भएकाले ट्राफिकको विशेष चेकिङ व्यवस्था मिलाएको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए। 

एसएसपी पन्तले भने, 'आफ्नो समर्थक टिमको जितको उत्साहमा मापसे गरेर सवारी चलाउने गरेको पाइन्छ। यसको लागि विशेष चेकिङ मिलाएका छौं। त्यसैले कोही कसैले पनि जितको जोश र हारको निराशाको बहानामा मापसे गरेर सवारी नचलाइदिनु होला।'

ट्राफिक प्रहरीले फुटबल खेल देखाइने विभिन्न स्थानको आसपासमा ट्राफिक चेकिङ गर्ने व्यवस्था गरेको छ। 

आज नेपाली समय अनुसार राति ८:४५ बजे फ्रान्स र क्रोएसिया बीच फाइनल खेल हुँदैछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell