PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डेजाभुको कार्यक्रम अन्यौलमा, पुनम पाण्डेका कारण ‘शान्तिसुरक्षामा असर’ पर्न सक्छ: प्रहरी



 डेजाभुको कार्यक्रम अन्यौलमा, पुनम पाण्डेका कारण ‘शान्तिसुरक्षामा असर’ पर्न सक्छ: प्रहरी

काठमाडौँ : भारतीय कलाकार पुनम पाण्डेले काठमाडौंमा गर्ने भनिएको कार्यक्रम अनिश्चित भएको छ। 
 
आइतबार साँझ दरबारमार्गस्थित क्लव डेजाभुमा कार्यक्रम गर्न पुनम पाण्डेलाई निम्त्याइएको थियो। उनी शुक्रबार राति काठमाडौँ आइपुगेकी थिइन्।  

अघिल्लो विश्वकप क्रिकेटमा भारतले जिते निर्वस्त्र हुने भन्दै विवादमा आएकी पाण्डेले कार्यक्रम गर्दा शान्ति सुरक्षामा असर पर्ने भएकाले कार्यक्रम गर्न नदिइने महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले बताए।

पहिलोपोस्टसँगको कुराकानीमा डिएसपी मल्लले भने,' बाहिर झुटा प्रचार भइरहेको छ। प्रशासनसँग कतै पनि स्वीकृति लिएको छैन। स्वीकृति नलिएकाले हामी कार्यक्रम गर्न दिँदैनौं।'

क्लब डेभाजुले विश्वकपको फाइनल खेल स्क्रिनिङका लागि पाण्डेलाई निम्त्याएको हो। शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पाण्डेले  आफूले समर्थन गरेको टिम क्रोएसियाले जितेमा के गर्छु हेर्न आउन निमन्त्रणा गरेकी थिइन्। 

उनले शनिबार आफ्नो ट्विटरमा निर्वस्त्र फोटो पनि अपलोड गरेकी थिइन्। 

गत मंसिर २८ गते अन्तर्राष्ट्रिय डिजे 'मार्समेलो' आउने भनेर क्लबले केही समयदेखि टिकट बिक्री गरे पनि मार्समेलो नआएको कारणले आक्रोशित समूहले तोडफोड गरेका थिए। 

टिकट बिक्री गरेर ठगी गरेको भन्दै प्रहरीले क्लब संचालक समेतलाई पक्राउ गरेको थियो। त्यसपछि क्लब केही समय बन्द थियो। 
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell