अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुषमान देशराज जोशी श्रेष्ठले इन्गेजमेन्ट गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दुईले परिवारका सदस्यको उपस्थितिमा शनिबार सुटुक्क इन्गेजमेन्ट गरेका हुन्।
प्रियंकाले इन्गेजमेन्टका तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छिन्। उनीहरुको इन्गेजमेन्टका कुरा केही दिनअघि फिल्मकर्मीबीच चर्चाको विषय बनेको थियो । यो आश्चर्य पार्ने इन्गेजमेन्टका कुरासँगै दुईलाई बधाई दिनेको ओइरो लागेको छ।
प्रियंका र आयुषमानले फेसबुक मार्फत नै इन्गेजमेन्टको घोषणा गरेका हुन्। प्रियंकाले फेसबुकमा लेखेकी छिन् 'एकदम खुशी र आनन्दित छु हामी दुइले सदाका लागी एक हुने निर्यय गरेका छौं।'
पूर्वपति रोचक मैनालीसँग पारपाचुके गरेर बसेकी अभिनेत्री प्रियंकालाई आयुषमानका परिवारले बुहारीको ब्यवहार गर्न थालेको धेरै भइसक्यो।